महानगरको स्मार्ट पार्किङ्गः बिना प्रतिष्पर्धा करोडौंको ठेक्का

२०७६ भदौ ११ बुधबार १३:०३:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रचलित नियम मिच्दै बिनाप्रतिष्पर्धा करोडौंको ठेक्का एउटा कम्पनीलाई दिएको छ । शहरका व्यस्त केही ठाउँमा व्यवस्थित पार्किङ्ग स्थल संचालन गर्ने नाममा एकमात्र निजी कम्पनीलाई कुनै प्रतिपष्पर्धा नै नगराई सोझै सशुल्क पार्किङ्ग गर्ने सम्झौता गरेको खुलेको छ । यस किसिमको ठेक्का दिँदा प्रचलित नियम अनुसार एकभन्दा बढी व्यवसायीक संस्थावीच दररेट मागी सबैभन्दा बढी दररेट कबुल गर्नेलाई महानगरले स्मार्ट पार्किङ्ग संचालन गर्न दिनुपर्नेमा त्यो उलंघन गरेको देखिएको महानगरकै एक सूत्रले बताएको छ । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यान जानसक्ने सूत्रको भनाई छ ।
 

ताजा खबर