प्रभासलाई मनपर्ने दीपिका र आलिया

२०७६ भदौ १० मंगलबार १७:२०:०० मा प्रकाशित

नयाँदिल्ली, १० भदौ । फिल्म ‘बाहुबली’ र अभिनेता प्रभास बलिउडमा पर्यायवाची जस्तै भइसके ।

कुनै बेला साउथ मूभीमा संघर्ष गरिरहँदा प्रभासलाई बलिउडमा धेरैले बेवास्था गरेका थिए । बाहुबलीबाट रातारात चर्चामा आएका उनै प्रभासको मुख्य अभिनय भएको ‘साहो’ रिलिज हुँदैछ ।

आगामी शुक्रबार रिलिज हुने फिल्मको ‘ट्रेलर’ले नै अधिकांश दर्शकलाई आकर्षित गरिसकेको छ । यसबारे कुराकानी गर्न प्रभास कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा शो’मा बोलाइएका थिए ।

पछिल्लो कार्यक्रममा उनलाई कपिलले रोचक प्रश्नहरु राखेका थिए । प्रभासले सहज रुपमा जवाफ दिँदैगए । यस क्रममा प्रभासले आफूलाई मनपर्ने अभिनेत्री आलिया भाट र दीपिका पादुकोण रहेको बताएका थिए । ‘साहो’मा भने प्रभाससँग श्रद्धा कपुर देखिँदैछिन् । यस्तै शाहरुख खान र सलमान खानबाट आफू प्रभावित भको उनको भनाइ थियो ।

ताजा खबर