सबैभन्दा बढी कमाउने जोहानसन

२०७६ भदौ ९ सोमबार १६:३२:०० मा प्रकाशित

 

काठमाडौँ, ९ भदौ । फोर्ब्सले सबैभन्दा बढी कमाइ गर्ने अभिनेत्रीहरूको टपटेन सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार हलिउड अभिनेत्री स्कारलेट जोहानसन सबैभन्दा बढी कमाइ गर्नेमा पहिलो नम्बरमा छिन्। उनको वार्षिक कमाइ ५६ मिलियन डलर रहेको छ ।

गत वर्ष पनि जोहानसन नै बढी कमाइ गर्नेमा एक नम्बरमै थिइन् । गत वर्ष उनको कमाइ साढे ४० मिलियन डलर रहेको थियो । उनको पछिल्लो फिल्म मार्बल स्टुडियोको ‘एवेन्जर्स ः एन्ड गेम’ हो । २७९६ मिलियन डलर कलेक्सन गरेर यो सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रूपमा चिनिएको छ ।

बलिउडका नायिकाहरूको पनि कमाइ आकर्षक हुँदै गएको छ । तर बढी कमाइ गर्ने सूचीको टपटेनमा समेत एकजना पनि बलिउड अभिनेत्री पर्न सकेनन् । टपटेनको सूचीमा क्रमशः स्कारलेट जोहानसन, सोफिया वरगारा, रिज विदरस्पुन, निकोल किडमन, जेनिफर एनिस्टन, कैली कुको, एलिजाबेथ मास, मर्गोट रवि, चार्लिज थेरोन र एलेन पोम्पो रहेका छन् । दोस्रो स्थानकी सोफिया वरगाराको कमाइ साढे ४१ मिलियन डलर रहेको छ भने दसौं स्थानकी एलेन पोम्पोको कमाइ साढे २२ मिलियन डलर रहेको छ ।

ताजा खबर