नयाँ प्रोजेक्टमा प्रियंका

२०७६ भदौ ७ शनिबार १०:०७:०० मा प्रकाशित

 

मुम्बई, ७ भदौ । ‘क्वान्टिको’ र ‘बेवाच’ पछि प्रियंका चोपडाले अर्को नयाँ ईण्टरनेशनल प्रोजेक्ट हात पारेकी छिन् । अब उनी बालबालिकाको लागि बन्न थालेको सुपरहीरो सिनेमा ‘वी कैन बी हीरोज’ मा देखिदैछिन् । यस फिल्मका निर्देशक रबर्ट राड्रिग्सले गर्दैछन् । उनले ‘स्पाय किड्स’, ‘सिन सिटी’ र ‘एलीटा बैटल एन्जिल’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।

प्रियंकाका साथै यस फिल्ममा पेड्रो पास्कल, क्रिस्टीन स्लाटर, बडी होलब्रुक, क्रिस्टोफर मैक्डोनाल्डको पनि प्रमुख भूमिका हुनेछ । त्यस्तै, बालबालकलाकारमा अकीरा अकबर, नाथन ब्लेयर, एण्डी वाल्केन, याया गोसेलिन, हाला फिनले, इसैया रसेल बैले पनि देखिनेछन् ।

फिल्ममा बालबालिकाको समूहको कथा छ, जसले एलियन्सले सबै सुपरहीरोहरुको अपहरणप गर्दा दुनिया जोगाउन कदम उठाउँछन् । बलिउडम सन् २०१६ मा प्रदर्शित ‘जय गंगाजल’ पछि प्रियंकाको आगमी फिल्म ‘द स्काई इज पिंक’ ११ अक्टोबरमा रिलिज हुँदैछ । यसमा फरहान अख्तर तथा जायरा वसीमको पनि प्रमुख भूमिका रहेको छ ।

ताजा खबर