‘जोली एलएलबी–२’ को व्यापारलाई ‘मिसन मंगल’ले सात दिनमै उछिन्यो

२०७६ भदौ ६ शुक्रबार १५:३७:०० मा प्रकाशित

 

काठमाडौँ, ६ भदौ । अक्षय कुमारको मुख्य अभिनय रहेको बलिउड चलिचित्र ‘मिसन मंगल’ले आठ दिनमा १२८.१६ करोडको व्यापार गर्न सफल भएको छ । चलचित्र भारतको स्वतन्त्रता दिवसका दिन गत बिहीबारबाट प्रदर्शनमा आएको हो ।

पहिलो दिन बिहीबार २९.१६ करोडको व्यापार गरेको चलचित्रले दोस्रो दिन शुक्रबार १७.२८, तेस्रो दिन शनिबार २३.५८, चौथो दिन आइतबार २७.५४, पाँचौ दिन सोमबार ८.९१, छैठौँ दिन मंगलबार ७.९२, सातौ दिन बुधबार ६.८४ करोड र आठौँ दिन बिहीबार ६.९३ करोडसहित १२८.१६ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी गराएका छन् ।

‘मिसन मंगल’ले अक्षय कुमारको सन् २०१७ मा प्रदर्शनमा आएको चलचित्र ‘जोली एलएलबी–२’को लाइफटाइम व्यापारलाई सात दिनमै उछिनेको छ । ‘जोली एलएलबी–२’ले लाइफटाइम ११७ करोडको कमाई गरेको थियो ।

भारतले प्रक्षपण गरेको मंगलयानको सफलता र इतिहासको कथालाई चलचित्र देखाइएको छ । जसमा अक्षय कुमार वैज्ञानिक राकेश धवनको भूमिकामा देखिएका छन् ।

जगन शक्तिको निर्देशनमा बनेको चलचित्र ‘मिसन मंगल’मा अक्षयकुमारका साथै विद्या वालन, सोनाक्षी सिन्हा, तापसी पन्नु, कीर्ति कुलहरी, नित्या मेनन र शरमन जोशीको मुख्य भूमिका रहेको छ ।

ताजा खबर