स्याक्रेड गेम्स २का निर्देशक कश्यप बिरुद्ध उजुरी

२०७६ भदौ ५ बिहीबार १५:०९:०० मा प्रकाशित

 

काठमाडौँ, ५ भदौ । नेटफ्लिक्समा प्रसारण भैरहेको हिन्दी सिरिज ‘स्याक्रेड गेम्स’ सिजन दुईमा सिख धर्मको अपमान गरेको आरोपमा निर्देशक अनुराग कश्यप बिरुद्ध उजुरी परेको छ। अकाली दलका बिधायक मनजिंदर सिंहले धार्मिक आस्थामा कश्यपले खेलवाड गरेको आरोप छ ।

उक्त सिरिजको एउटा दृश्यमा शैफअली खानले करा (हातमा लाउने बाला) फुकालेर फालेका छन् । उक्त कुरालाई लिएर सिंहले कश्यपलाई सिख धर्म बारे राम्ररी अधय्यन गर्न भनेका छन् । करा सिखहरुको पवित्र र सम्मानित बस्तु रहने गरेको छ । 

आफ्नो चलचित्रलाई सनसनीपुर्ण बनाउन कश्यपले धार्मिक आस्थाको खिल्ली उडाएको सिंहको आरोप रहेको छ। दिल्लीमा कश्यप बिरुद्ध उजुरी परेको छ । सिंहले ट्विटरमा भिडियो पोष्ट गर्दै भनेका छन् – ‘कश्यपले धार्मिक आस्थाको सम्मान गर्न जानेनन् भने उनलाई जेलसम्म पुर्‍याउँछु’ ।  

ताजा खबर