यसरी भइन सोनम कपुर ट्राेलकाे सिकार

२०७६ भदौ ४ बुधबार १०:०८:०० मा प्रकाशित

मुम्बई, ४ भदाै । बलिउड अभिनेत्री सोनम कपुर सामाजिक सञ्जालको ट्रोलमा छाएकी छिन् । सन् २०१६ मा बनेको उनी अभिनित ‘नीरजा’ फिल्म पाकिस्तानमा प्रतिबन्धित भएको विषयमा भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेपछि उनी फेरि सामाजिक सञ्जालको ट्रोलमा छाएकी हुन् ।

‘एक कलाकार भएर सबै ठाउँमा तपाईको प्रतिनिधित्व होस भन्ने चाहनुहुन्छ र सबैले तपाईको काम हेरिदियोस् भन्ने इच्छा राख्नुहुन्छ । कराचीमा उत्रिएको विमान अपहरणको वास्तविक कथामा आधारित मेरो फिल्म ‘नीरजा’ पाकिस्तानमा देखाइएन् । यसले पाकिस्तानलाई नकारात्मक रूपमा नदेखाएपनि वास्तवमा फिल्म त्यहाँ प्रदर्शन नहुँदा मेरो लागि हृदय विदारकजस्तो भएको थियो,’ एक अन्तर्वार्तामा उनले भनेकी छिन् ।

अन्तर्वार्तामा उनले पाकिस्तानमा आफ्नो धेरै प्रशंसकहरू भएको दाबी गरेकी छन् । ‘मसँग पाकिस्तानी प्रशंसकहरू छन् । मेरा दुई साथीहरू, मुस्लिम र पाकिस्तानी हुन् । म आधा सिंधी र आधा पेशवारी हुँ ।

मैले अभिनय गरेको फिल्म प्रतिबन्ध हुँदा त्यसले मेरो संस्कृतिप्रति प्रश्न गरेको थियो। र, मेरो हृदय विदारक भएको थियो,’ उनले भनिन् । काश्मीरको हालको अवस्थाले भारतीय प्रशासनिक तर्फबाट बलिउडलाई समेत विभाजन गरिदिएको छ ।

अभिनेत्री कपुरले आफ्नो परिवारको धर्मप्रतिको सम्बन्धको कारण स्थिति अझ निराश भएको प्रतिक्रिया दिएकी छिन् । पछिल्लो पटक ‘सोनम कपुर’ नामक ह्यासट्याम ट्वीटरको टेन्ड्रिङमा रहेको छ। हालै अभिनेत्री कपुर ट्रोलमा आउनुको कारण भने, ‘गेट अ लाइफ’ लाई गलत अर्थमा टिकाटिप्पणी गरिनु रहेको थियो ।

‘साथीहरू कृपया शान्त हुनुहोस् र गेट अ लाइफ । गलत अर्थ लगाउने र बुझ्ने कसैको कुराबाट तपाईले के बुझ्नु हुन्छ,’ उनले जवाफ दिँदै उल्लेख गरेकी छिन् । सो अन्तर्वार्तापछि उनलाई सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आइरहेका छन् । अभिनेत्री कपुर आगामी सेप्टेम्बर २० मा रिलिज हुने ‘द जोया फ्याक्ट्री’ मा अभिनेता दुल्कर सल्मानसँग देखिदैछिन् । एजेन्सी

ताजा खबर