यो राज्य व्यवस्था टिक्न असम्भव

राजा आउन सजिलै सम्भव देखिन्न र यो राज्य व्यवस्था टिक्न असम्भव , के हामी भविष्यहीन जस्तै नै हो ?
कोकोहोलो मच्चाउनै पर्दैन,ढिलो चाँडो तपाइँहरूले नै आफ्नै सुरक्षाकोलागि 'महाराज दरवार सवारी होस्' भन्ने दिन न आउला भन्न सकिन्न !
हिजो हाम्रो हुतीले भ्याएन भनेर खिलराज कहाँ त्वं शरणं हुन गएकै हो !
बरू आफ्ना अभाव,सीमा र मुलुकको अवस्था बुझेका राजा तपाइँहरू सबै गएर नेहोरा गर्दा पनि 'लौ त भनिहाले' भनेर नआउलान् !
उनमा मुलुकप्रतिको दायित्व वोध त छ तर पुन गद्दीमा बस्ने रहर होला जस्तो लाग्दैन !
राजगद्दीमा बस्दा बस्दै त हाँसी हाँसी चटक्क दरवार छोडेर हिँडे ,
मन गरेको भए त पहिला पनि केही विकल्प त थिए होलान नी !
तपाइँहरूले चाहेर त रुक्माङ्गदलाई त हटाउन सक्नुभएन - तपाइँहरूकै कारण राजा हटे भनेर मान्न खै को तयार होलान ?
आफ्नो बचनको कुनै मर्यादा नराख्ने र वजन नबुझ्नेले ले भन्न त जे भने पनि भयो !
त्यसैले पदमा नरहे पनि सिङ्गो राज्य सत्ताको स्वामित्व लिएका तपाइँहरूले भन्दा बढी राजनीतिक,सामाजिक र नैतिक शक्तिलाई प्रतिनिधित्य्व गर्दछन उनी !
मुलुकका सबैजसो निर्णायक महत्वका राज्य संरचनाका मूख्य व्यक्तिहरू एउटा न एउटा शक्तिराष्ट्रको मोहोरा बनेर बसेको नबुझेको होलान र उनले ?
आजको जटील विश्व राजनीति, नेपालको गज्मज्जपरेको भूराजनीतिक अवस्था र हाम्रो जस्तो मूल्यहीन र संस्कारहीन राजनीति र कथित वौद्धिक परम्परामा नेपाली जनता अन्तिम रूपमा निर्णायक हुन सक्ने रहेनछन !
यही भ्रष्ट संरचना, राजनीतिक सामाजिक मूल्य र संस्कृति भित्र कसले आएर के गर्ने ?
यो सबैका विरूद्ध कुनशक्ति र संरचानाको बलमा जुध्ने ?
यही पद्धति र संरचनामा धेरथोर हेरफेर र परिवर्तन गरेर जो आए पनि उही हो !
विकृत, भ्रष्ट र गतिहीन संरचना बदलेर नयाँ संरचना निर्माणको म्यान्डेट र त्यसलाई अघि बढाउने यक्ति र संरचना कसरी तयार पार्ने ?
सजिला छन् र यी कुरा ?
राजासँग यी सबै कुराका उत्तर होलान र रु त्यसैले सजिलै आउने मन गर्लान् ?
केही बर्ष अघि मात्रै अफगानिस्तानका राजा जाहिर शाहले त्यस्तो आग्रहलाई अस्वीकार गरेका सम्झना सबैलाई होला नै !
बुझ्न सकिन्छ राजा आउन सजिलै सम्भव देखिन्न र यो राज्य व्यवस्था टिक्न असम्भव नै छ !
अनि प्रश्न यौटै- के के हामी भविष्यहीन जस्तै हौँ ?
(राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको फेसबूकबाट)