‘रणहार’ पुस्तकलाई मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बा श्री

२०७६ भदौ १ आइतबार १७:३३:०० मा प्रकाशित

 

काठमाडौँ १ भदौँ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले यस बर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिने निर्णय गरेको छ । 

त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय भएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।

दुबै पुरस्कारको राशी ४।४ लाख रुपैयाँ रहेको छ । यसअघि दुवैको पुरस्कार राशी २ लाख थियो । यसबर्षबाट पुरस्कारको राशी बढाइएको छ ।  पुरस्कार असोज १२ गते वितरण गरिनेछ ।
 

ताजा खबर