विश्वकै ह्याण्डसम अभिनेता ऋतिक

२०७६ श्रावण ३२ शनिबार ०८:०३:०० मा प्रकाशित

 


३२ साउन । ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन् । अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ । जसले उनलाई विशेष बनाउँछ । बलिउडमा उनको विशेषगरी नृत्यलाई खुबै प्रशंसा गरिन्छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋतिक ‘टप ५ मस्ट ह्याण्डसम म्यान इन द वर्ल्ड अगस्ट २०१९’ को सूचीमा पहिलो नम्बरमा छन् । यस सूचीमा क्रिस इभान्स, डेभिड बेकह्याम, रोबर्ट प्याटिन्सनलगायतको नाम समावेश छ ।  

ऋतिक चलचित्रका द्वन्द्वदेखि नृत्य सबै विधामा अब्बल मानिन्छन् । केही समयअघि उनीद्बरा अभिनीत ’सुपर ३०’ ले राम्रो व्यापार गरेको थियो । यसमा उनले गणितशास्त्री आनन्द कुमारको भूमिका निभाएका थिए । उनको नयाँ फिल्म ’वार’ अक्टुबर २ मा रिलिज हुँदैछ ।
 

ताजा खबर