काठमाडौंका ६ ठाउँमा ‘ओभरहेड ब्रिज’ बन्ने

२०७६ श्रावण २७ सोमबार १७:२५:०० मा प्रकाशित


काठमाडौ । सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गरेका हुन् ।

ब्रिज निर्माणका लागि आवश्यक डिजाईनको काम सुरु भईसकेको मन्त्री महासेठले बताए । मन्त्री महासेठले चालू आर्थिक वर्ष भित्र काठमाडौंको सडकमा स्मार्ट लाईट व्यवस्थापन गर्ने योजना पनि अघि सारेको उनले बताए। उनले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको पनि बताए ।

मन्त्री महासेठले सरकारले काठमाडौंलाई एक वर्षभित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको दावी पनि गरे । उनले मुलुकमा रेल सेवा संचालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताए ।
 

ताजा खबर