शाश्वतको नवीन  कृति ‘होस्टल’ सार्वजनिक

२०७६ श्रावण २४ शुक्रबार १६:४०:०० मा प्रकाशित

काठमाडौं । शाश्वत घिमिरेद्वारा लिखित उपन्यास होस्टल लोकार्पण भएको छ । १७ वर्षको उमेरमा शाश्वतले होस्टल नामक पुस्तक लेखेका छन् ।
 यस पुस्तकका बारेमा नेपाली कांग्रेसका नेता नरहरि आचार्यले सार्वजनिक गर्दै भने–  शाश्वतको वालमस्तिष्क पनि कल्पनाशिल रहेछ । यहाँ बोल्ने बक्ताहरुले पात्र चिन्न खोज्नु भयो । उपन्यासमा पात्र चिनिँदैन । लेखकको कल्पनामा पात्र खडा हुन्छ । उसको भूमिका हुन्छ । त्यस भूमिकाका आधारमा पात्र चिन्न खोजिन्छ । जो पढ्छन् उनीहरुको आफ्नो विषय पाए पछि उनीहरु आफैंलाई पात्र ठान्दछन् । शाश्वतको यो जीवन चमत्कारीक छ । अहिले ऊ हामीसँग एक सग्लै केही नभएको मानिस जस्तै छ । तर उ ठूलो दुर्घटनाबाट यहाँ आइपुगेको छ । उसको कल्पनाशीलले उपन्यासलाई स्तरीय बनाएको छ ।

किताबको समिक्षा गर्दै प्रा.डा.गणेशप्रसाद घिमिरेले भने – १५ शीर्षकमा लेखिएको उपन्यास सुरुमा मनस्थितिबाट प्रारम्भ हुन्छ र होस्टलमा पुगेर समाप्त हुने बताए । लेखक होस्टल जाने मनस्थितिमा देखिन्छ । होस्टलमा बस्दा घटेका घटनालाई नलुकाई सरल रुपमा प्रस्तुत गर्छन् । होस्टलमा पैैसा हराउँछ, ध्यानमा बस्दा अर्को साथीको पीढ्युमा निदाउँछन्, साथीहरुका वीचमा झगडा हुन्छ । कुनै विषय नलुकाई प्रस्तुत गर्नु यस उपन्यासको क्षमता हो । यति सानो मानिसले लेखेको योे उपन्यास अब्बल छ । शीर्षकले बेग्ला बेग्लै जस्तो देखाए पनि सुरु र अन्त्यसम्मकोे शिर्षक रखाईले यस पुस्तकलाई पूर्ण बनाएको छ । पढ्दै जादा स्कुल कस्तो रहेछ भन्ने सुरुमा जिज्ञासा आउँछ । पढेर सक्दा उत्तर मिल्छ, असल भएर बाहिर आउँछ ।

समिक्षक प्रा.टेकप्रसाद घिमिरेले भने– वैज्ञानीक शीर्षकमा गरिएको कल्पनाशीललाई महत्व दिदै भन्छन् आमाबाट दुई सन्तानका रुपमा जन्मन्छन् । जन्माउने आमालाई पनि थाहा हुँदैन । नर्सले पालेको केटाले आफ्ना बाबा आमालाई देख्छ र भाइ कस्तो होला भनेर कल्पना गर्दछ । यस पुस्तकमा लेखक कुन पात्र हो ठम्याउन सकिएन । लेखकलाई म सानो छदादेखि चिन्छु, उसको बानीबेहोर पनि थाहा छ । अहिले  हाम्रै कलेज तक्षशीलाको विद्यार्थी पनि हो । सत्य साई शिक्षा सदनमा कक्षा १ देखि १० सम्म पढेको उसलाई स्कुल र  होस्टलको सौम्य, सालिन र भलाद्मी किसिमले प्रभाव परेको देखिन्छ । किताब पढ्दा गुरुकुलीन स्कुल जस्तो लाग्छ । कोएजुकेशन एक ठाउँमा केटाहरुलाई पिसाव फेराउन सरले लैजानु हुन्छ भने केटीहरुलाई मिसले लैजानुु हुन्छ । अन्य ठाउँमा कतै केटा केटीको झगडा केही देखिदैन । एकलठ्ठी नलगाई व्यवहारले नै सिकाउन शिक्षकको निरन्तरको प्रयास देखिन्छ । फेरि दृष्यमा शिक्षक छैन । यो सानो मान्छेले लेखेको राम्रो र सलल बगेको उपन्यास बनेको छ ।

सत्य साई शिक्षा सदन स्कुलका प्राचार्य प्रा.डा.नरोत्तम उपाध्यायलाई रुद्र तुल चन्द्र प्रतिष्ठानले दोसल्ला ओडाएर सम्मान गरेको थियो । उपाध्यायले शुभकामना मन्यतव्य दिदै भन्नु भयो हामी सँग होस्टलमा बसेर पढेको विद्यार्थीले लेखेको कितावमा मैले धेरै भन्नु केही छैन । उनीहरु जस्तै केटाकेटी बसेका छन् । आफ्नै क्षमता अनुसार पढेका छन् । हामी स्कुलमा काम गरिरहेका छौं । शाश्वतको यो भन्दा अघि पनि कविता सृजना सार्वजनिक भएको थियो । त्यस बखतमा पनि हामी उपस्थित भएका थियौं । स्कुल राम्रा नराम्रा हाम्रा विचको छलफल चलिनै रहेको विषय हो । हामीले हाम्रा विद्यार्थीहरुलाई कडा अनुशासनमा भन्दा पनि व्यवहारले पढाउन कोसिस गर्छौं । अरु उनीहरु आफै गर्दै आएका पनि छन् । हामीलाई सन्तोष पनि छ हामीले गरेको प्रयासमा शाश्वतहरु सफल पनि भएका छन् । होस्टल उपन्यास हो उपन्यास लेखकिय कल्पना पनि हुन्छ । त्यसैले यसमा मेरो धेरै कुुरा भन्ने भन्दा पनि शाश्वत र यो अवसर जुराई दिनु हुने उनका बाबा रामचन्द्र घिमिरेलाई बधाई दिन चाहन्छु ।

कार्यक्रममा शाश्वत सँगै बसेर पढेका अदिश कार्कीले पनि कितावको बारेमा बोलेका थिए । कार्यक्रमको सभापतित्व रुद्र तुल चन्द्र प्रतिष्ठान अध्यक्ष हरिमाया सिग्देलले गर्नु भएको थियो । 

किताबमा भूमिका लेख्दै वरिष्ठ साहित्यकार कृष्ण धरावासी भन्छन्– प्रतिभाशाली बालहरुले ठीक समयमा उचित सहयोेग र सल्लाह पाए भने निश्चय पनि आफ्नो रुचीको क्षेत्रमा प्रगति गर्न सक्छन् । शाश्वतले पनि असल अभिभावक पाएका रहेछन् । जसले यति सानैमा किताव लेख्न मात्र होइन प्रकाशनको समेत सुविधा पाउन सकेका छन् ।

उनको यो उपन्यास एउटा बाल उपन्यास हो, जो एउटा होस्टलमा शुरु भएर होस्टलमै सकिन्छ । होस्टलमा बस्ने बच्चाहरुको मनोविज्ञान र उनीहरुका फरक अनुभवहरु यो किताबमा मजाले लेखेको भेटे । साथीहरुसँगको प्रेम, सिक्ने रुचि, आफुले आफैलाई अनुशासनमा राख्ने तरिका सबै बच्चाहरुले कसरी सिक्दा रहेछन् भन्ने कुरा पनि यो कितावले बताएको छ । सरल भाषामा घटनाहरुको सलल वर्णन गरिएको यो उपन्यास उनका समकालीन पुस्ताहरुलाई पढ्न पक्कै पनि रमाइलो लाग्ने छ ।
 

ताजा खबर