प्रदेश सरकारको पहलमा वहुप्राविधिक महाविद्यालय सञ्चालन

२०७६ श्रावण २४ शुक्रबार १५:४२:०० मा प्रकाशित

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका ५ मा वहुप्राविधिक महाविद्यालय कक्षा सञ्चालन हुने भएको छ । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको पहलमा दिनेश रामजी स्मृती बहुप्राविधिक शिक्षालय सञ्चालनमा आउन लागेको हो ।
 
यसै शौक्षिक सत्रबाट कक्षा सञ्चालनको लागि भर्ना खुल्ला गरिएको छ । अहिले चौतारा बहुमुखी क्याम्पसबाट कक्षा सञ्चालन हुने जनाइएको छ । शिक्षालयका भवनकोे लागि प्रदेश सरकारबाट ११ करोड विनियोजन भैसकेको सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले जनाए । 

भवन निर्माणको लागि जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेका समेत उनले बताए । यसै आर्थिक बर्षबाट भवन निर्माण कार्यको सुरु समेत हुनेछ । 
महाविद्यालयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, नुवाकोट, काठमाडौँलगायतको विद्यार्थीलाई अध्ययनको लागि फाइदा पुग्नेछ । छोटो समयमा नै आम्दानी गर्न सकिने भएकाले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । 

महाविद्यालयको नाम जनयुद्धका सहिदहरु कमल शर्मा ‘दिनेश’ र गोविन्द बजगाईं ‘रामजी’को स्मृतिमा राखिएको छ । सिन्धुपाल्चोकको चौतारामा नै बहुप्राधिक र व्यवसायिक कक्षा सञ्चालन हुने भएपछि सिन्धुवासि हर्षित भएका छन् । 

ताजा खबर