प्रध्यानाध्यापकको कुटाइबाट विद्यार्थीको भाँचियो दाँत 

२०७६ श्रावण २४ शुक्रबार १४:२८:०० मा प्रकाशित

बागलुङ । बागलुङ नगरपालिका १४ को गणेश माविका प्रधानाध्यापक कृष्ण गौतम विद्यार्थीको दाँत भाचिने गरि कुटेका छन् । शिक्षक गौतमले कक्षा १० मा अध्ययनरत कुशल पौडेल कुटपिट गरेका हुन् । 


कक्षामा गणित पढाउदा नजानेको भन्दै उनले विद्यार्थीलाई कुटेका थिए । प्रत्यक्षदर्शी एक शिक्षकको अनुसार कुशल बेहोस भएपछि मात्रै कुट्न छाडेको बताए । 
शिक्षकको अन्दधुन्द कुटाईबाट छोराको दाँत भाँचिएको कुशलका बुवा प्रेमप्रसाद पौडेलले जनाए । कुशलकी आमा स्वास्थ्यकर्मी भएकाले घरमै राखेर उपचार गराइएको समेत बताए । 


घटनाका छानविन भेरहेको वडाध्यक्ष चक्रबहादुर खत्रीले बताए । उनीमाथि आवश्यक अनुसन्धार भैरहेको समेत बताए । घटनापछि शिक्षक गौतम सम्पर्क बाहिर छन् । 

ताजा खबर