यी हुन् सबैभन्दा होचा डिग्रीधारी 

२०७६ श्रावण १७ शुक्रबार १६:३२:०० मा प्रकाशित

भावनगर (गुजरात) । तीन फिट उचाई भएका गणेश विठ्ठलभाई बारैयाको बिहीबार स्थानीय  मेडिकल कलेजमा पहिलो दिन थियो । उनी पहिलो वर्ष शैक्षिक शत्रको सम्मेलन कक्षमा पहिलो लाईनमा उभिएका थिए । यसका लागि उनले धेरै लामो कानूनी लडाईं लड्नु पर्यो । कानूनी लडाईंपछि जब उनलाई यो डिग्री दिईने छ, तब उनी सबैभन्दा होचो कद भएका डिग्रीधारीका रुपमा गिनिज बूकको वल्र्ड रेकर्डमा दरिने छन् । 

गणेशले अनुभव गरेअनुसार पहिलो दिन रमाईलो थियो । किनभने सबै साथी र डाक्टरहरुले उनको भव्य स्वागत गरेका थिए । यो डिग्री पाउन दुइ मोर्चाबाट लडेको लडाईं सफल भएकाले उनलाई निकै खुशी लागेको गणेशले सुनाए । उनले प्राज्ञिक मेहनत र कानूनी लडाईं लड्नु परेको थियो । 
  गणेशलाई एनईईटी परीक्षा(२०१८ मा २२३ अंक प्राप्त भएपछि पनि मेडिकल कलेजमा भर्ना हुन दिईएको थिएन । यसको एकमात्र कारण थियो उनको कम उचाई । उनी जम्मा ३ फिटका मात्र छन् । त्यसबेला उनको तौल थियो जम्मा १४ किलोग्राम ।
 

यही कारण उनलाई कुनैपनि मेडिकल कलेजमा भर्ना दिईएको थिएन । उनले १२ कक्षाको विज्ञान बिषयको परीक्षामा ८७ प्रतिशत अंक ल्याएर पास गरेका थिए ।

सर्बोच्च अदालतको सहारा
 

यसपछि गणेशका शिक्षक र स्कूलले आफ्नो मेधावी विद्यार्थीको हक रक्षार्थ कानूनी लडाईं लड्ने निश्चय गरे र  सर्बोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे । अन्तत सर्बोच्च अदालतले सबै सुनुवाई सकेपछि गणेशको पक्षमा फैसला सुनायो । उनी उच्च शिक्षा पाउन सफल भएका छन् । अब उनले एमबीबीएसको अध्ययन गर्न पाउने भएका छन् । उचाई कम भएकै कारण उनलाई अब कसैले पनि रोक्न सक्ने छैनन् । एजेन्सी

ताजा खबर