नेपालसामु कुवेतले १४२ रनको लक्ष्य दियो

२०७६ श्रावण ११ शनिबार ०८:५९:०० मा प्रकाशित


काठमाडौं ।  सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट एसिया अन्तर्गतको खेलमा अहिले नेपाल र कुवेतबीच खेल भइरहेको छ । टस जितेर बलिङ रोजेको नेपालसामु कुवेतले एकसय १४२ रनको लक्ष्य दिएको छ । 
कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनायो । कुवेतका लागि  कप्तान मोहमद काषिफले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी आदनन् इन्द्रेस २५  र मोहमद अस्लामले २३ रनको योगदान दिए । 
नेपालका लागि सन्दीप लामिछाने र वसन्त रेग्मीले ३÷३ विकेट लिए । करण केसीले २, अभिनाश बोहरा र सोमपाल कामीले १–१ विकेट लिए । 

नेपाललाई शीर्ष स्थानमा रहँदै टीट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायर छनोट हुन आजेको खेल जित्नैपर्ने दवाव छ ।  पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । अन्तिम खेल नेपालले भोली सिंगापुर विरुदद्ध खेल्नेछ।

ताजा खबर