डोजर लगाएर भत्काइयो तरकारी बजारका टहरा 

२०७६ श्रावण १० शुक्रबार १६:०४:०० मा प्रकाशित


ललितपुरः जिल्ला प्रशासनले सामान हटाउन दिएको तीनदिनको समयमा सीमा सकिएपछि जावलाखेल तरकारी बजारमा डोजर चलाइएको छ । प्रशासनले डोजर लगाएर तरकारी बजारका टहरा भत्काएको छ । शुक्रबार बिहान साढे ११ बजेतिर साइरनसहित पुगेको प्रहरी टोलीले व्यस्त बजारमा डोजर चलाएको थियो । 
पूर्व जानकारी बिना नै व्यवसाय गरिरहेकै अवस्थामा बलपूर्वक डोजर चलाइएको तरकारी व्यवसायीले गुनासो गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी पनि निरीक्षणमा आफै डोजर चलाइएको ठाउँमा पुगेका थिए । 
उनले पटक पटक जानकारी गराउँदा पनि स्थान छाड्न अटेर गरेकाले डोजर चलाउनुपरेको बताए । दुई दशक अघिदेखि सार्वजनिक जग्गामा टहरा बनाएर तरकारी बजार सञ्चालन हुँदै आएको थियो । 

ताजा खबर