‘मीमांसा’ लिएर आउँदै गुरुकुलका गुरु सुनिल 

२०७६ श्रावण ९ बिहीबार १०:४०:०० मा प्रकाशित

काठमाडौ । चर्चित रंगकर्मी तथा निर्देशक सुनिल पोखरेल नवीन नाटकमा मुख्य कलाकारको भूमिकामा देखिने भएका छन् । ख्यातीप्राप्त निवन्धकार शंकर लामिछानेको कथामा आधारित नाटक ‘मीमांसा’ मा सुनिलले मुख्य भूमिका निर्वाह गरेका छन् । 

   ‘मीमांसा’ को निर्देशन प्रवीण खतिवडाले गरेका छन् । मण्डला थिएटरमा भोलि शुक्रबारबाट प्रदर्शन हुने ‘मीमांसा’ मनोविज्ञानमा आधारित शंकर लामिछानेको कथामाथि तयार गरिएको नाटक भएको कलाकार सुनिलले बताए । 

कथालाई नाटकमा रुपान्तरण गरेका निर्देशक प्रवीणले नाटकमा मानिसको आत्मा हुन्छ कि हुँदैन भन्ने विषय वस्तुलाई समेटेर  ‘मीमांसा’ तयार गरिएको बताए ।   खतिवडाले भने– मानिसको आत्मा हुन्छ कि हुँदैन भन्ने कुरा नाटकमार्फत दर्शकलाई स्पस्ट पार्न खोजेको सुनाए । 

‘मीमांसा’ मा सुनिल पोखरेलको मुख्य भूमिका रहने छ भने राजकुमार पुडासैनी, विजय बराल, घनश्याम जोशी, राज न्यौपाने, मौसम खड्का, आलोक थामी, सुरज तमु र अर्जुन शिवाकोटीले पनि यसमा अभिनय गरेका छन् ।

शुक्रबार देखि सुरु हुने नाटक हेर्नको लागि ५०० सय रुपैंयाँको टिकट लाग्ने उनले बताए । बुधबार र बिहीबार विद्यार्थीलाई विशेष छुट गरेको उनले बताए । विद्यार्थीले त्यसदिन नाटक २०० सयमा हेर्न पाउने छन् ।

  ‘मीमांसा’ नाटक साउन ३१ गते सम्म प्रदर्शन गरिने खतिवडाले बताए ।

ताजा खबर