बलिउड सेलिब्रेटीहरुको महँगो छोडपत्र

२०७६ श्रावण ५ आइतबार १३:१६:०० मा प्रकाशित

एजेन्सी । बलिउडमा नयाँ जोडी बन्ने र पुरानो जोडी तोडिने क्रम नियमित भइरहन्छ । चर्चित भएसँगै जीवन बिताउने व्यक्तिको छनौटमा परिवर्तन आउजे गरेकोले कतिपय सेलिब्रेटीहरु एउटै श्रीमान् वा एउटै श्रीमती भनेर टिक्न नसकेको देखिन्छ ।

अधिकांश विवाह अगाडीका तोडिने सम्बन्धहरु मिडियाको लागि ‘गसिप’ बाहेक अन्य कुरामा फरक पर्दैन । यसको विपरित कतिपय सम्बन्धले विवाहको रुप लिइसकेपछि यसलाई तोड्दा सेलिब्रेटीहरुले महँगो रकम चुकाएका छन् ।

यहाँ केहि महँगो छोडपत्रको चर्चा गरिएको छ ।

संजय दत्त र रिया पिल्लई

तीन विवाह गरेका संजय दत्तको दोश्री श्रीमती रिया पिल्लईसँगको सम्बन्ध बिच्छेद उनलाई खर्चिलो भएको थियो । पहिलो श्रीमती रिचा शर्माको सन् १९९८ मृत्यु भएपछि संजयले रियासँग विवाह गरेका थिए । करिब १० वर्ष चलेको यो विवाहकै बिचमा संजय र हालकी श्रीमती मान्यतासँग उनको सम्बन्ध चलेपछि रियालाई उनले छोडेका थिए ।

रियालाई छोड्ने क्रममा सन् २००८ मा संजयले ८ करोड भारु र एउटा लक्जरी कार दिएको बताईन्छ ।

अरबाज खान र मलाइका अरोरा

सलमान खानका भाइ अरबाज खान र मलाइका अरोराको सम्बन्धमा सन् २०१७ मा पूर्ण विराम लागेको थियो । छोडपत्र गर्ने क्रममा अरबाजले पूर्व श्रीमती मलाइकालाई १५ करोड भारु र एउटा फ्ल्याट दिएको बताईन्छ ।

मलाइका अहिले आफुभन्दा १० वर्ष कान्छा नायक अर्जुन कपूरसँगको सम्बन्धमा रहेको चर्चा चलिरहेको छ ।

ऋतिक रोशन र सुजैन खान

चर्चित नायक ऋतिक रोशनले सन् २००० मा सुजैन खानसँग विवाह गरेका थिए । करिब १४ वर्षसम्म चलेको यो सम्बन्ध सन् २०१४ मा टुटेको थियो ।
कानुनी रुपमा विवाह टुट्नुको मुल कारण अहिलेसम्म नबाहिरिएपनी ऋतिकले सुजैनलाई छोड्ने क्रममा ३ अर्ब ८० करोड भारु दिएको खबर बाहिरिएको थियो ।

करिश्मा कपूर र संजय कपूर

बलिउड थुपै फिल्म खेलिसकेकी करिश्मा कपूर सफलताको शिखरमा पुग्दा संजय कपूरसँग विवाह गरेकी थिइन् ।

संजयसँग विवाह पश्चात नै उनी फिल्मी संसारबाट बिस्तारै टाढिएकी थिइन् । पछिल्लो समय यो जोडीले सँगै जीवन बिताउन नसक्ने निष्कर्ष निकालेसँगै कानुनी रुपमा नै सम्बन्ध तोडेका थिए ।

त्यसक्रममा करिश्मालाई संजय कपूरले ७ करोड रुपैंया भारु दिएका थिए भने बालबच्चा पालनपोषण गर्न प्रत्येक महिना १० लाख रुपैंया दिने सहमति भएको बताईन्छ ।

आमिर खान र रीना दत्त

परिवारको इच्छा विपरित फरक धर्मकी रीना दत्तसँग विवाह गरेका आमिरको सम्बन्ध पनि दिगो हुन सकेन ।

करिब १६ वर्ष चलेको यो सम्बन्ध तोड्ने क्रममा आमिरले रीनालाई ५० करोड भारु दिएको बताईन्छ । सन् २००२ मा रीनालाई छोडेका आमिरले किरन रावसँग विवाह गरेका छन् ।  

सैफ अली खान र अमृता सिंह

सैफ अली खानले आफुभन्दा निक्कै जेठी अमृता सिंहसँग प्रेमसम्बन्ध पश्चात खुसुक्क बिहे गरेका थिए ।

लामो समय चलेको यो सम्बन्धमा पछिल्लो समय ठुलै समस्या आएपछि सहमतिमै यो जोडीले सम्बन्धलाई टुंग्याएका थिए । त्यसक्रममा सैफले अमृतालाई ५ करोड भारु र आफ्नो आधा सम्पत्ती दिएको बताईन्छ ।

अमृतालाई छोडेका सैफले अहिले आफुभन्दा निक्कै कान्छी करीना कपूरसँग विवाह गरेका छन् ।

 

ताजा खबर