ज्योतिषीको भरपर्दा राजाको वंशनाश

२०७६ श्रावण ४ शनिबार ०७:३०:०० मा प्रकाशित

ज्योतिष शास्त्र के हो ? ज्योतिष फलादेश मिल्छ कि मिल्दैन ? मिल्छ भने कति प्रतिशत मिल्छ ? प्रश्न छ । ज्योतिषको फलादेश त शत प्रतिशत मिल्छ । ज्योतिष विज्ञान हो र यो अकाट्य विज्ञान छ । ठीक ठीक मिल्छ । ग्रहहरुको गति कस्तो छ भनेर पत्ता लगाउने विज्ञान ज्योतिष विज्ञान हो । जुन समयमा चन्द्रग्रहण या सूर्यग्रहण लाग्छ भनेर फलादेश गरिएको छ, त्यही समयमा सूर्यग्रहण लाग्छ । त्यही समयमा चन्द्रग्रहण लाग्छ । एक निमेष पनि फरक पर्दैन । जति बजेर जति मिनेट जाँदा सूर्यग्रहण लाग्छ भनिएको छ, त्यति बजेर त्यति नै मिनेट जाँदा सूर्यग्रहण लाग्छ । जुन समयमा जुन ग्रहहरु उदाउँछन् भनिएको थियो, जुन ग्रह अस्ताउँछ भनिएको थियो, त्यही समयमा त्यही ग्रह उदायो या अस्तायो । फरक परेन । त्यसैले ग्रहण पनि फरक पर्दैन । सूर्यग्रहण, चन्द्रग्रहण त्यही समयमा लाग्छ । फरक पर्दैन । ठीक मिल्छ । 


तर मानिसको विषयमा गरिएको फलादेशचाहिँ किन नमिलेको होला ? प्रश्न आउँछ । मानिसको विषयमा गरिएका फलादेशहरु शत प्रतिशत मिल्दैन । स्वभाव मिल्न सक्छ । व्यक्ति यो समयमा जन्मिएको छ, जन्मको आधारमा व्यक्तिको स्वभाव बताउन सकिन्छ, तर भविष्यमा घट्ने घटना बताउन सकिँदैन । ठीक ठीक मिल्दै मिल्दैन । जब ग्रहण यतिखेर लाग्छ भन्ने ज्योतिषले मिलाउन सक्छ । भोलि घट्ने घटना किन मिलाउन नसकेको हो ? ठीक मिल्दैन ।

 

यो ज्योतिष देखाएर भाग्यको परीक्षण हामी गर्छौं, तर यो अर्थहीन छ । केही पनि मिल्नेवाला छैन । हामी हेरौं विगतका घटनाहरुलाई, इतिहासलाई हेर्ने हो भने हाम्रो देशमा राजपरिवारले जस्तो ज्योतिषमाथि भरोसा अरु कसैले गरेन । कुनै पनि कार्य गर्नुभन्दा अगाडि ज्योतिष देखाइन्छ । शुभ छ कि छैन ? यो समयमा यो काम गर्न हुन्छ कि हुँदैन ? यदि दुष्प्रभाव छन् भने त्यसलाई हटाउनलाई स्वस्ति शान्ति, पूजापाठ खूब गरिन्छ । प्रत्येक व्यक्तिको भाग्य हेरिन्थ्यो, तर त्यही राजपरिवारको वंश सखाप भयो । यति ठूलो घटना घट्यो, त्यत्रा मानिसहरुको एकै ठाउँमा मृत्यु भयो । तर ज्योतिषले किन पत्ता लगाउन सकेन ? ज्योतिषले किन भन्न सकेन कि यो दिन यति बजेर यति मिनेट जाँदा दरबारमा यो घटना घट्दै छ र यो दुष्प्रभावलाई हटाउने विधि पनि छ । त्यो विधि प्रयोग किन गरिएन ? र, यो घटनाको जानकारी किन पहिल्यै दिइएन ? थाहा छैन ।     कसरी दिने त ? 


ज्योतिष विज्ञान ग्रहहरुका लागि विज्ञान हो । कतिखेर चन्द्रमा उदाउन सक्ने, अस्ताउन सक्ने भन्न सक्ला तर मानिसको विषयमा भन्न सक्दैन । किन सक्दैन भने पूरै प्रकृति नियममा चलेको छ, सूर्य आज जुन समयमा उदायो, अर्को वर्षको यो दिनमा यही समयमा उदाउँछ । जस्ताको तस्तै । उसको नियममा फरक छैन । सबै नियमसंगत छन् । पूरै प्रकृति नियममा चल्छ । वनस्पतिहरु आफ्नो नियममा छन्, जनावरहरु आफ्नोे नियममा छन् । शाकाहारी जनावरहरु पनि आफ्नो नियममा छन्  । शाकाहारी जनावरलाई जतिसुकै भोक लागोस्, माछामासु खाएर पेट भर्दैन ।

 

मांसाहारी जनावरहरु पनि मासु नै खोज्छ । घाँस खाएर पेट भर्दैन । जनावरहरुलाई कसले के गर्ने छुट्याइएको छ, नियम बनाइएको छ र त्यो नियमभन्दा तलमाथि कोही गर्दै गर्दैनन् । नियमलाई मिच्ने, नियमभन्दा तलमाथि गर्ने सामथ्र्य मानिसलाई मात्रै दिएको छ । मानिसले मात्रै नयाँ नियम बनाउन सक्छ । पुरानो नियमलाई तोड्न सक्छ । यो क्षमता मानिसलाई दिएको छ । मानिसले सबै कर्म गर्न सक्छ । मानिसले गर्न नसक्ने कुनै कर्म छैन र मानिसमा दया, प्रेम करुणा यस्ता शुभ भावहरु पनि पठाएको छ । आफ्नो विवेक मानिसले प्रयोग गर्न सकोस्, आफ्नोे विवेकबाट मानिस सांसारिक हुन सिकोस् भनेर मानिसलाई विवेक दिएर पठाएको कारणले यो स्वतन्त्रता पनि दिएको छ । कतिखेर कुन व्यक्तिले के गर्छ भन्नै   सकिन्न । अब कसरी भाग्य बताउने ? कसरी फलादेश गर्ने ?

 

फलादेश त त्यसको गरिन्छ जो नियममा हिँड्छ । मानिस नियममा हिँड्दै हिँड्दैन । कसरी फलादेश गर्ने ? कुन व्यक्तिले कतिखेर के गर्छ, थाहै छैन । मानिसको भाग्य दैवले पनि जान्दैन । दैवलाई पनि थाहा छैन, ईश्वरलाई पनि थाहा छैन कि मानिस के गर्छ ? मानिसले आफ्नोे भाग्य आपैंm निर्माण गर्छ । उसले कस्तो कर्म गर्छ, त्यसअनुसारको फल भोग्छ । व्यक्तिको फलादेश व्यक्ति आफैंले मात्रै निर्धारण गर्न सक्छ । कुनै ज्योतिषीले गर्न सक्दैन । कुन घटना कतिखेर घटाउँछ त्यो व्यक्तिलाई मात्र थाहा छ ।

अरुलाई थाहा हुँदै हुँदैन । कसको मनमा के छ ? कसरी थाहा पाउने ? प्रकृतिलाई हामीले नजिकबाट हे¥यौं र विश्लेषण ग¥यौं भने कुन जनावरले कतिखेर के गर्छ, हामी पत्ता लगाउन सक्छौं । तर, मानिसको सक्दैनौं । मानिस तुरुन्तै परिवर्तन हुन सक्छ । आज एउटा मनस्थितिमा काम गरेको छ, भोलि तुरुन्तै फर्किन सक्छ । अनुमानै नगरेको अवस्थामा मानिस पुग्न सक्छ । त्यसैले मानिसको भाग्य बताउन सकिन्न । मानिस नियममा  चल्दैन ।

नियममा चल्ने भइदिएको भए प्रकृतिको नियमअनुसारको कर्म गर्ने भइदिएको भए ग्रहहरुको उदय र अस्तजस्तै मानिसको पनि भाग्योदय र भाग्य अस्तको फलादेश गर्न सकिन्थ्यो । मानिस कर्मद्वारा सञ्चालित छ र कर्म गर्ने स्वतन्त्रता मानिसलाई छ । यही कर्म गर्नुपर्छ भन्ने नै छैन । आफ्नो कर्म व्यक्तिले छनौट गर्न सक्छ । प्रत्येक मानिसको फरक–फरक कर्म छ । किनभने प्रत्येक व्यक्तिलाई फरक–फरक कर्म छनौट गर्ने स्वतन्त्रता छ र मानिस प्रगतिमुखी हो । आज जुन स्थिति छ त्यो भन्दा माथि उठ्नुपर्छ र यो नै धर्म हो र मानिसको कर्तव्य पनि यही हो । आजको स्थितिभन्दा म अरु विकसित बनौं । आज चेतनाको स्तर जस्तो छ, त्यो भन्दा अरु विकास गरौं । अरु विकसित बनौं ।


कर्म बिग्रियो, भाग्य बिग्रियो । हामीले पशुको कर्म गर्न थालेका छौं, अरुलाई सताउने, दुःख दिने काम मानिसको हुँदै हैन । मानिस त माथि उठ्न सक्छ । देवता बन्न सक्छ । आजसम्म जति पनि भगवान्हरु छन्, देवताहरु छन्, भगवान्बाटै विकसित भएका हुन् । भगवान् बुद्ध पनि बुद्धत्व प्राप्त गर्नुभन्दा अगाडि सामान्य राजाको छोरा हुनुहुन्थ्यो । मानिस नै हुनुहुन्थ्यो । बुद्धत्व प्राप्त गरेर भगवान् बन्नुभयो । मानिस भगवान् बन्न सक्छ, मानिस फेरि पशुमा झर्न पनि सक्छ । हामीसँग विवेक छ, बुद्धि छ, विचार गर्ने क्षमता छ, भाव छ, प्रेम छ, दया छ, करुणा छ । यी हामीसँग भएका सम्पदाहरुलाई पूरै प्रयोग गर्नुपर्छ । यिनीहरुको प्रयोगद्वारा आफूले गर्ने कर्मको छनौट गर्नुपर्छ । कस्ता कर्म गर्दाखेरि राम्रो हुन्छ, अरु सबैको पनि भलो होस् र मेरो आफ्नो पनि भलो होस् ।

कस्ता–कस्ता काम गर्दा मेरो उन्नति हुन्छ, प्रगति हुन्छ, त्यस्ता कर्म छनौट ग¥यौं भने त्यो कर्मको फलबाट हाम्रो भाग्य बन्दछ । नराम्रा कर्महरु ग¥यौं भने त्यो कर्मको फलबाट हाम्रो भाग्य नराम्रो बन्छ । कसैलाई कुनै ग्रहदशा लाग्दैन । हामी स्वस्तिशान्ति गर्छौं र ग्रहदशा लाग्यो भन्छौं । ग्रहदशा लाग्दै लाग्दैन । ग्रहदशा कसैलाई बिगार्नको लागि हुँदै होइन । कुनै पनि राहु केतुलाई हामीसँग केको दुश्मनी होला ? हामीले राहु केतु लगायतका ग्रहहरुको के चाहिँ बिगारिदिएका छौँ र हाम्रो नराम्रो गर्ने ?

 
हैन, उनीहरुले नराम्रो गर्दैनन् । सबैको भलाइ मात्रै गर्छन् । नराम्रो कसैले गर्दैनन् । यो प्रकृतिले कसैको नोक्सान गर्दैन । नोक्सान हामी आफैंले गरेका छौं । नराम्रो काम गरेपछि नराम्रो फल आउँछ, अनि भाग्यलाई दोष दिएर के गर्नु ? ग्रहदशालाई दोष दिएर के गर्नु ? राम्रो कर्म गरौं न, अनि कसरी लाग्छ ग्रहदशा हेरौं त । नराम्रो काम गरेपछि त नराम्रो फल आउँछ, राम्रो काम गरौं, राम्रो फल आउँछ । 


हामीले उखु रोप्यौं, त्यसमा जति राहुकेतु लागे पनि निमको जस्तो तीतो स्वाद आउँछ र ? त्यहाँबाट त गुलियै आउँछ र निमको बोट रोपेर जतिसुकै स्वस्तिशान्ति गरौं त्यसबाट उखुको जस्तो गुलियो रस आउँछ र ? आउँदैन, त्यहाँबाट त तितै आउँछ । 


हामीले कर्म कस्तो ग¥यौं, कर्म जस्तो गर्छौं, त्यस्तै फल आउँछ । ग्रहदशालाई दोष दिन आवश्यक छैन । यहाँ कुनै भूतप्रेत हुँदैन । कुनै ग्रहदशा कसैलाई लाग्दैन । हाम्रो कर्म लाग्छ । हाम्रा गलत कर्महरु नै दशा हुन् । अरुलाई बिगार्ने, अरुको नोक्सान गर्ने, अरुलाई सताउने, अरुको लुटेर खाने, अरुलाई थिचोमिचो गर्ने, दबाउने, अरुलाई घोचपेच गर्ने, चित्त दुख्ने गरी अपशब्द बोल्ने यी हाम्रा ग्रहदशाहरु हुन् । हो यिनीहरु लाग्छन् । यिनीहरुले हामीलाई दुःख दिन्छन् । 


आफ्नो आचरणमा सुधार गरौं । आफ्नो बानी व्यहोरामा सुधार गरौं । आफूलाई सुधारौं । कुनै पनि ग्रहदशाले केही नोक्सान गर्न सक्दैन । ग्रहमण्डल, तारा, नक्षत्र, सबै कुरा प्रकृतिले जे गर भनेको छ, त्यो मात्रै गर्छन् । एकरत्ति दायाँ–बायाँ गर्दै गर्दैनन् । तर, मानिसलाई स्वतन्त्रता दिएको छ, आफ्नोे हिसाबले आफ्नो जीवनलाई सञ्चालन गर । मानिसलाई भनिएको छ, ‘सुख पाउनु पनि तेरो कर्म, दुःख पाउनु पनि तेरो कर्म । आफ्नोे कर्मको प्रभावबाट तँ देवता बन्न पनि सक्छस्, आफ्नो कर्मको प्रभावबाट तँ दानव बन्न पनि सक्छस् ।’ 


यो स्वतन्त्रता हामीलाई परमात्माले दिएको छ । सर्वहिताय, सर्व कल्याणको लागि कर्म गरौं । कुनै पनि प्रकारको दुष्प्रभाव हामीमाथि पर्दैन । मानिस जतिखेर शुभ कर्म गर्छ, त्यही साइत हो । साइत जुराउन आवश्यक छैन । शुभ कर्म गर्ने क्षण नै साइत हो । अशुभ कर्म गर्ने क्षण नै कुसाइत हो । आफू र अरुको हित हुने कर्म गर्ने भाव आयो, यही साइत हो । शुभ कर्म, शुभ साइत । आफ्नो साइत आफैं बनाऔं । भाग्यवादी हैन, कर्मवादी बनौं र ईश्वरले हामीलाई भाग्यवादी बन्न जन्माएकै हैन । भाग्यको भरोसा गर्न मानिसलाई जन्माएकै हैन । मानिसलाई कर्म गर्न जन्माएको हो, त्यसैले मनुष्य योनीलाई कर्मयोनी भनिन्छ ।


शुभकर्म गरौं । शुभकर्मले मात्रै हाम्रो शुभ भाग्य, शुभसाइतको निर्माण गर्छ । राम्रो कर्मले सबै प्रकारका नकारात्मक शक्तिहरुलाई पराजित गर्छ । हामी सबैलाई पनि शुभकर्म गर्ने अवसर मिलोस् । हामी सबैलाई पनि भाग्यवादी हैन, कर्मवादी बन्ने अवसर मिलोस् । र, आफ्नो र अरु सबैको कल्याणका लागि आफ्नो जीवनलाई समर्पित गर्ने अवसर मिलोस् ।  (जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विज्ञान विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट) (राजा बीरेन्द्र र रानी ऐश्वर्य सडकमा, तस्बिरको स्रोत भेटिएन,जसले खिचेको उसलाई धन्यवाद !)


 

ताजा खबर