अनुष्का ‘ परी ’ को अवतारमा

२०७४ असार २ शुक्रबार ११:०६:०० मा प्रकाशित

 मुम्बई । भारतीय नायिका अनुष्का शर्माको बिल्कुलै फरक लुक्स भएको फिल्म ‘परी’ को सुटिङ शुरु भएको छ । केही दिन अघि फिल्मको फस्र्ट लुक भने अनुष्का शर्माले आफ्नै ट्विटरबाट सार्वजनिक गरेकी थिइन् । अनुष्का शर्माको मुख्य भूमिका रहेको फिल्म रोमान्टिक ड्रामामा आधारित छ । 


फिल्मलाई प्रेरणा अरोरा र अर्जुन एण्ड कपूर इन्टरटेनमेन्टले प्रस्तुत गर्न लागेका हुन भने फिल्मलाई अनुष्का आफैले निर्माण गर्न लागेकी हुन ।  प्रोसित रोयले फिल्मको निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशन हो । फिल्ममा बंगाली स्टार परम्ब्रत चटर्जीको पनि अभिनय रहनेछ ।


मुम्बई र कलकत्तामा छायांकन हुने फिल्मबारे अनुष्काले आफ्नो ट्विटरमा भनेकी छिन् कि ,‘मेरो टिम राम्रो छ र मैले चाहेको जस्तै फिल्म निर्माण गरिदैछ ।’ एजेन्सी
 

ताजा खबर