मेरो मुटु बीस प्रतिशत मात्र चल्छ 

२०७४ भदौ १६ शुक्रबार २२:०३:०० मा प्रकाशित

म त्यो डाक्टर  हुँ  जसको मुटु बीस प्रतिशत मात्र चल्छ । अब तपाईँ आफैं सोच्नुस यदी मेरो मुटु पुरै चल्थ्यो त मलाई कस्तो अनुभव हुन्थ्यो होला ! अब यो रोगकोबारे भन्नुपर्दा मलाई यो रोगले एकदमै थकित बनाउँछ । कहिलेकाहीँ त मलाई ओछ्यानबाट निस्कनै मन लाग्दैन । मलाई यस्तो थकाई लाग्छ, स्याँ स्याँ नै हुन्छ । एकचोटि मलाई एटरियल फिबरिल्याटिकम पनि भयो । त्यसैले जुन चिज हामीले कुरा मात्र गर्छौं, त्यो आफंैले महशुस गरेपछि थाहा हुँदोरहेछ भनेर । तर एउटा कुरा के छ भने अहिले म पहिला जस्तो काम गर्न ज्यान गए पनि सक्दिन । पहिले म बीस घण्टा काम गर्न सक्थें अहिले म आठ घण्टा काम गर्छु र मलाई कहिले ओछ्यानमा गएर सुतिहालँु जस्तो लाग्छ । मैले थाहा पाएकी छु मुटुले राम्रोसँग काम गरेन भने सबैकुराले राम्रोसँग काम गर्दैन । मलाई मुटुको रोग मेरो किमोथेरापी गरेदेखि लोगको थियो ।

डाक्टरी शुरुवात 

मैले सन् १९९५ मेडिकल साइन्समा पिएचडी गरें  । त्यस्तै सन् २००० मा इन्टरनल मेडिसिन गरें र २००१ मा एण्डोक्रिनोलोजी र डायबेट्लोजिष्ट गरें ।  
किन यही पेशा 

यही पेशा मन पर्नुको कारण मलाई डायबेटिज जस्तो लोभलाग्दो प्याथालोजी अरु कुनै पनि लागेन किनभने डायबेटिजमा हामी सबै कुरा देख्छौं । मुटु, पेट, न्युरोलोजीको व्यथा । मलाई यसको मेटाबोलिक डिजीजमा एकदमै रुची भएको हुनाले पनि म यही पेशामा लागेकी हुँ ।

पढाई कि रुची पनि

मैले १९९२ मा मेडिसिन शुरु गरें । मेरो बुवा स्वर्गीय नहुन्जेल म उहाँको सेवामा तत्तपर रहें  र मैले  त्यसबेला उहाँको धेरै दुःखहरु देखें । बुवाले किमोथेरापी र रेडियोथेरापी गरेको देखेर मैले मेडिसिनको  हिलिङ पावरसँग मेलमिलाप गर्न सकिन र मेडिसिनमा एक वर्ष फिजीयोलोजी र बायोक्यामेस्ट्रीबारे सोच आयो र मैले पिएचडी र मेडिसिनको डिग्री सँगै गरें ।  त्यसपछि पिएचडी गर्दा मेरो रुची  न्युरो इन्टरकोलोजिष्टमा थियो । तर जब म मेडिसिनमा फेरि आएँ तब मलाई त्यो बोरिङ लाग्न थाल्यो । खाली काट्ने, फाल्ने या औषधी दिने त्यो अलिकति बोरिङ नै थियो । त्यसकारण जुन चिजले मलाई चुनौती दिन्छ जस्तै मैले सोच्नुपर्ने त्यो चाहिँ यसमा लाग्यो । मैले धेरै चिजहरु गरें । मेरो ट्रेनिङमा मैले सबै कुरा हेरें । पेट, फोक्सो, मुटु, किड्नी, रुमाटलोजी यी सबै कुरा हेरें । तर सबैभन्दा त्यसमा रमाइलो लाग्ने कुरा के थियो भने हार्मोन । त्यसै कारण म इन्ड्रकोलिजीतिर लागेकी हुँ ।

आफंै बिमारी हुँदाको अनुभव 

म चाहिँ अलि उल्टो किसिमको छु । मैले गर्न सक्छु भने अरुले पनि गर्न सक्छन भन्ने मेरो मान्यता हो । मलाई पढाउने एकजना प्रोफेसरले भन्ने गर्नुहुन्थ्यो बिमारीलाई जाँच्ने हो भने पहिला आफुले आफ्नो रोगको अनुभव गर्नुपर्छ । कुनै पनि रोगको जाँच गर्ने हो भने आफु पहिला त्यो रोगको जाँच गराउने अनि मात्र बिमारीलाई जाँच गर्ने  हो । म बिमारी भएपछि मैले धेरै कुराहरुको अनुभव गरें । इन्डोस्कोपी, लम्प फङ्सन मलाई यी सबै कुराहरुको अनुभव छ । मलाई के लाग्छ भने म बिमारी भएर मलाई यी सबै कुराहरु गर्नुपरेको छ त्यसको लागि मात्र म अघि बढ्ने होइन तर बिमारीको जुन जाँच गन्र्नुपर्छ त्यो म बुझछु । मैले अरुलाई कुराहरु बुझाउँदा पनि म अर्के तरिकाले बुझाउने गर्छु ।

क्यान्सर रोग कहिलेबाट र कसरी ?

यो रोग त मेरो बंशाणु नै हो । यो रोग मेरो बुवाको सन्तानमा छ । हालैसालै मात्र मैले थाहा पाएँ कि यो रोग मेरो मुमालाई पनि भएको छ । त्यसैले बंशाणुबाट नै मलाई यो रोग लागेको हो । सन् २००७ साल देखि म यो रोगसँग लडिरहेकी छु । त्यसैले मलाई समय–समयमा जाँच गर्न सम्झाइरहने र मेरो रेखदेख गर्ने  मेरो आफन्त  हुनुहुन्छ । मेरो बुवा जो स्वर्गीय भइसक्नु भयो उहाँले पनि मलाई यो रोगको समयमा नै जाँच गराउन सम्झाइरहनु भएको जस्तो मलाई लाग्छ । मेरो उपचार एकदमै समयमा नै भइरहेको छ । त्यसमा चाहिँ म महशुस गर्छु कि मलाई अहिलेसम्म भाग्यले साथ दिइरहेको छ  ।

बीस प्रतिशत मात्र मुटु चल्छ !

 म त्यो डाक्टर  हुँ  जसको बीस प्रतिशत मात्र मुटु चल्छ । अब तपाईँ आफैं सोच्नुस यदी मेरो मुटु पुरै चल्थ्यो त मलाई कस्तो अनुभव हुन्थ्यो होला ! अब यो रोगकोबारे भन्नुपर्दा मलाई यो रोगले एकदमै थकित बनाउँछ । कहिलेकाहीँ त मलाई ओछ्यानबाट निस्कन नै मन लाग्दैन । मलाई यस्तो थकाई लाग्छ र स्याँ स्याँ नै हुन्छ । एकचोटि मलाई एटरियल फिबरिल्याटिकम पनि भयो । त्यसैले जुन चिज हामीले कुरा मात्र गर्छौं, त्यो आफंैले महशुस गरेपछि थाहा हुँदोरहेछ भनेर । तर एउटा कुरा के छ भने अहिले म पहिला जस्तो काम गर्न ज्यान गए पनि सक्दिन । पहिले म बीस घण्टा काम गर्न सक्थें अहिले म आठ घण्टा काम गर्छु र मलाई कहिले ओछ्यानमा गएर सुतिहालँु जस्तो लाग्छ । मैले थाहा पाएकी छु मुटुले राम्रोसँग काम गरेन भने सबैकुराले राम्रोसँग काम गर्दैन । मलाई मुटुको रोग मेरो किमोथेरापी गरेदेखि लोगको थियो । मलाई सबैभन्दा पहिला २००७ मा किमोथेरापी दिँदा मुटुमा हानेको थियो । त्यसपछि मैले दुई वर्ष औषधि खाएँ र सामान्य भएको थियो र मैले रोक्न सकेको थिएँ तर फेरि २०१६ किमोथेरापी दिँदा मुटुमा हानेको थियो ।

रोगसँग डर 

डर त लाग्छ नि । मलाई अहिले मात्र मुटु ढुकढुक भयो कि के भयो भनेर डर लाग्छ । तर डाक्टर र बिरामी भएर फाईदा पनि छ र बेफाइदा पनि छ । फाइदा के हो भने थाहा भइहाल्छ कतातिर जानु पर्छ भन्ने । डाक्टर भएर बेफाइदा के हो भने रोग त सबैभन्दा खराबसम्म पुगिसकेको हुन्छ किनभने धेरै जान्ने हुनु पनि राम्रो कुरा होइन । अलिकति मेहनत गरेर काम गर्नको लागि गाह्रो हुन्छ किनभने अलिकति केही भइनै हाल्यो भने पनि हामी आतिन थाल्छौं । अलिकति दुख्यो मात्र भने पनि ला यो पो भयो अब के हुने हो भनेर हामी आत्तिन्छौं । त्यसैले सजिलोसँग कुनै पनि काम गर्छु भन्ने चाहिँ हुँदैन रहेछ ।

रोग बिर्सन चित्रकारिता

म  आफ्नो चेकअपको लागि बिदेश जाने गरेकी छु । रोग भुल्न र घुम्नको लागि भने होइन । आफ्नो रोग भुल्नको लागि त म चित्रहरु बनाउँछु । यो किन हो भने बिमारीको बारेमा सोचिरह्यो भने त झन बिमारी होइन्छ । अब एकदमै बिमारी भएको बेलामा चाहि म हराउँछु । मलाई कसैले पनि डिस्र्टब नगरोस् भन्ने चाहन्छु । म बाहिर आफु बिमारी छु भनेर कसैलाई देखाउन चाहन्न ।

महँगो डाक्टर

म त एकदमै महँगो छु । च्वाइस सबै मान्छेको हो तर मेरो भनाई के हो भने छान्नु पर्छ । म दिन्छु समय र मेरो समय नै महँगो हुन्छ । सबैजनाको समयको लागि पैसा लाग्ने हो । मैले तपाईलाई दश मिनेट दिने या एक घण्टा दिने फरक छैन । मेरो दक्षता, व्यवसाय, सद्भावलाई तिर्नु भएको हो । यदी यो धेरै हो भने मेरोमा नै जचाउन आउन पर्ने भन्ने पनि छैन । कुनै पनि मान्छे मसँग पहिलोपटक जचाउन आउँछ म उसलाई पचास मिनटदेखि एक घण्टा दिन्छु । अब पाँच मिनेटमा नै आफ्नो चेकअप सकेर हिड्ने मान्छेको लागि म गलत डाक्टर हुनसक्छु । रोगलाई राम्रोसँग बुझ्नु परेको छ भने म लामै समय दिएर बिरामी चेक गर्ने गर्छु । अब केवल आउने र हतारहतारमा चेक गराएर जाने बिरामी त म कहाँ हुँदैहँुदैन । म कुनै पनि बिरामीको रोगको जिम्मेवारी पनि लिन सक्दिन किनकी मैले त केवल बाटो मात्र देखाइदिने हो अन्य कामहरु त बिरामी आफंैले गर्ने हो । यो अहिले मैले लिइरहेको पैसा त म खासै महँगो भन्दिन किनभने तपाई चेकअपको लागि भारत जानु भयो भने अहिले उनीहरुले दश मिनेटको कन्सल्टिङ फिस मात्र १५ सय रुपैयाँ लिन्छन् । फेरि त्यो पनि हवाइजहाज चढेर रमाइलो गर्दै जाँदा चाहि नेपालीको लागि पैसा होइन तर मैले लिएको पैसा चाहि महँगो भयो भन्ने सस्तोतिर पनि जानसक्नुहुन्छ ।

परिवार

मेरो बुवा जो १९८१ मा स्वर्गीय हुनुभयो । डा. जय नारायण गिरी, जसले यहाँ रेडक्रस शुरु गर्नु भएको थियो । उहाँले नै ठिमीमा रहेको टिभी हस्पिटलको प्रोजेक्ट शुरु गर्नुभएको हो । म सानो हुँदा आफ्नो बुबालाई सोध्ने गर्थें कि बुबा तपाई के काम गर्नुहुन्छ । उहाँ मलाई भन्नुहुन्थ्यो छोरी म अन्तर्राष्ट्रिय भिखारी हुँ । मेरो आमा डा. कान्ति गिरी । उहाँ गायनाकोलोजिष्ट हुनुहुन्थ्यो । जसले प्रसुति गृह शुरु गर्नुभएको हो । मेरो एउटा दिदी हुनुहुन्छ र एउटा कान्छो भाई छ जो अहिले इङलैंडमा छ । म विवाहित हुँ तर मेरो डिर्भोस भइसक्यो । मेरो लागि के भन्छु भने थोरै मान्छे छ जसले भन्न सक्छ कि मेरो काम नै मेरो पेशा हो । मलाई काम गर्न एकदमै मनपर्छ । बिरामीहरुसँग भेटेरे कुरा गर्नु मलाई एकदमै मन पर्छ ।

थाइरायड नयाँ रोग होइन

थाइरायड नयाँ रोग होइन । यो पुरानो रोग नयाँ नाम हो । जब पहिला मान्छेहरुले गलगाँड भन्ने गर्थे त्यहि नै हो थाइरायड । हाम्रो पहिला गलगाँड नै थियो किनभने हाम्रो देशमा समुन्द्र नभएको हुनाले आयोडिनको कमी छ । हाम्रो थाइरायडको काम के थियो भन्ने हाम्रो शरिरलाई आयोडिन चाहिन्छ किनभने हाम्रो शरीरले आयोडिन हावाबाट लिन्छ र थाइरायडले आयोडिन सेन्टर थुपै बनाएर अनि शरीरलाई पठाउने हो । अब के हुन्छ भने हामी कहाँ समुन्द्र नभएको हुनाले हावा बन्द भएको र आयोडिन कमी भएको हुनाले पहिला पहिला हाम्रो थाइरायड बढ्ने गथ्र्याे । अहिले नुनमा आयोडिन हालेको हुनाले हामीले गलगाँड देख्दैनौं । यो अलिकति उमेर पुगेपछि स्वास्नी मान्छेहरुलाई हुने रोग हो । यो पनि बंशाणु नै हो । अर्को यो भिटामिनको कमीले पनि हुन्छ । जडिबुटि बारेमा मलाई थाहा छैन । थाइरायडले एकचोटि काम गरेन भने थाइरायड हार्मोन नदिएसम्म थाइरायड ठिक हुन्छ भन्न सकिन्न । फेरि मलाई जडिबुटिको बारेमा धेरै थाहा पनि छैन ।

डायबिटिज के हो

नेपालमा यो रोग बंशाणुले नै लाग्ने रोग हो किनभने हामी नेपालीहरुलाई एकदमै खानुपर्छ । हाम्रो बंश नै कस्तो हो भने हामीलाई जंगली शिकारी जस्तो गरेर खानुपर्छ । नेपालीको खाने बानीमा केही परिवर्तन आएको छैन । अहिले पनि नेपालीहरु टन्न पेट भरी खाने गर्छन् । यो खानपिन बानी जो छ र पहिला हामी यति धेरै काम गर्ने गथ्र्यौं तर  त्यो अहिले धेरै कम भएको छ । पेट लाग्ने जिउ लाग्ने कुरा चाहिँ धेरै कम भएको छ तर खाने बानीमा भने खासै परिर्वतन आएको छैन । पहिला खानलाई खोज्नु पर्थ्यो तर अहिले खोज्नु पनि पर्दैन । हाम्रो जीउ जुन हामी सुगर खाएर भयो भन्छौं नि त्यो खाएर भएको होइन ।

हाम्रो यो सुगर हाम्रो जीउमा धेरै बोसो भएर भएको हो । यो सुगर भनेको बोसोको रोग हो । सुगर भनेको रोक्न सकिने रोग हो किनभने हामीले सुगर हुनुभन्दा पहिला रोक्न सक्यौं भने झन् राम्रो । त्यसैकारणले हामीले हाम्रो जीवनशैलीमा परिवर्तन ल्याउनैपर्छ । हामीले हाम्रो खाने बानी फेर्नु पर्यो पकाउने तरिका फेर्नु पर्यो । एकदमै चिल्लो जे पनि फ्राइ गरेर खाने कुरा राम्रो होइन । एकैचोटी धेरै नखाने समय समयमा खाइरहने । हाम्रो यो जीवनशैलीमा हामीले परिवर्तन ल्याउन सक्यौं भने डायबिटिज पक्कै नै रोकिन्छ । 
सुकृत नेपाल


  


 

ताजा खबर