एयर इन्डिया चरम आर्थिक समस्यामा

२०७६ असार ३१ मंगलबार १२:१८:०० मा प्रकाशित

एजेन्सी । भारतीय राष्ट्रिय ध्वजाबाहक एयर इन्डिया चरम आर्थिक समस्यामा परेको छ ।

दैनिक १५ करोड भारु घाटामा संचालन गरिरहेको एयर इन्डियाले पछिल्लो आर्थिक वर्षमा ७६ अर्ब भारु नोक्सानी व्योहोरेका बताईएको छ ।

निरन्तर घाटामा गइ इन्धनको बक्यौता तिर्न नसकेपछि आजदेखि भारतीय आयल निगमले विभिन्न ६ विमानस्थलमा एयर इन्डियालाई इन्धन नदिने घोषणा गरेको छ । यसरी इन्धन रोकिने विमानस्थलहरुमा पटना, पुणे, चन्डीगढ, कोचीन, विशाखापट्टनम र राँची रहेका छन् ।

भारतीय आयल निगमले नोटिस नै पठाएर बक्यौता तिर्न धेरैपटक आग्रह गरेको र आज दिउँसो ४ बजेपश्चात उल्लेखित विमानस्थलमा इन्धन नदिइने सूचना नै जारी गरेको छ । निगमको उक्त सूचना पश्चात एयर इन्डियाले आफ्ना कर्मचारीलाई उक्त क्षेत्रमा उडान भर्दा अतिरिक्त इन्धन लिएर जाने अथवा वैकल्पिक रुट प्रयोग गर्न निर्देशन दिएको छ ।

व्यवस्थापकिय कमजोरी तथा इन्धनको महँगाईको कारण संकटग्रस्त एयर इन्डिया पछिल्लो समय आर्थिक संकटको कारण समस्यामा परिरहेको बताईएको छ ।

 

ताजा खबर