शिल्पा फर्किए गान्धीवादी बन्ने छविको उद्घोष

२०७६ असार ३१ मंगलबार १२:०१:०० मा प्रकाशित

काठमाडौं, ३१ असार । घर झगडा परेपछि छुट्टै बस्दै आएका निर्माता छविराज ओझाले श्रीमती तथा अभिनेत्री शिल्पा पोखरेललाई गल्ती सच्याएर घर फर्किन आग्रह गरेका छन् । ओझाले सामाजिक सञ्जाल फेसबुकमार्फत घर फर्किन आग्रह गरेका हुन् । केहि समयअघि श्रीमान ओझासँग बस्न नसक्ने भन्दै पाखरेलले सुरक्षा माग गर्दै प्रहरीमा उजुरी दिएपछि उनीहरु अलग अलग बस्दै आएका थिए ।

ओझामाथि पाेखरेलले लगाएकाे आरोपहरु सत्य नभएकोसमेत दाबी छन् । ओझाले भनेका छन् ‘बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै बुढेसकालको सहारा बनेर बस्ने भए आफु कमिकमजोरी सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

ओझाले यसअघिका तीन वटी श्रीमतीलाई समेत अन्याय गरेको दाबी गर्दै चौथो श्रीमती पोखरेललाई पनि न्याय दिने बताएका छन् । उनले न्यायको लागि संसारको कुनै अदालतमा जान नपर्ने भन्दै ओझाको अदालतमा सिधै आए न्याय पाउने बताएका छन् ।

 उनले फेसबुकमा लेखेका छन् ‘शिल्पा जि, मैले ५२ वर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध बिच्छेद भईसकेपछि तपाईंसँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं ।’

ओझाले विगततिर फर्किएर लेखे ‘छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइँले लगाएका कति आरोपहरु सत्य छन् ? यदि तपाईं पनि आफुलाई सच्याएर अझै मेरो श्रीमती, तपाइँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एक पटक मसँगै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आजसम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन् । तपाइँलाइ पनि पार्दिन ।’ 

ओझाले पोखरेललाई भेट्न खोज्दा अब मेरो वकिललाई भेट्नु भनेको आरोप लगाएका छन् । ‘मैले बिगत ३ दिनदेखि तपाइलाई सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छवि ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।’

ताजा खबर