फिल्मको ८ मिनेटको दृश्यको लागि ७० करोड ?

२०७६ असार ३१ मंगलबार ११:५०:०० मा प्रकाशित

एजेन्सी । बाहुबली फिल्मका स्टार प्रभास र बलिउड नायिका श्रद्धा कपूर एउटै फिल्ममा देखिंदैछन् ।

भारतीय फिल्म ‘साहू’ मा यो जोडीको काम हेर्न दर्शकहरु व्यग्र रहेको बताईन्छ । हिन्दी, तेलुगु र तामिल भाषामा निर्माण गरिरहेको यो फिल्मको बारेमा सानो खबर बाहिरिएसँगै यसको बारेमा ह्वात्तै चर्चा बढेको छ ।

प्रभासको फिल्म भनेर यसअघि नै चर्चा बटुलेको यो फिल्ममा छायाँकार आर माधीले उक्त खबर चुहाएको बताईन्छ । माधीका अनुसार फिल्ममा ८ मिनेटको दृश्यको लागि ७० करोड भारु खर्च गरिएको छ ।

अबुधाबीमा छायाँकन गरिएको उक्त एक्शन दृश्यले सबैभन्दा खर्चिलो दृश्यको कीर्तिमान नै राख्ने खबर चलेको छ । फिल्ममा प्रभासको भुमिका विभिन्न प्रकारको रहेको थाहा भएको छ । श्रद्धाको भने फिल्ममा प्रहरीको भुमिकामा छिन् ।

प्रभासको फिल्म एक्शन हुने पक्का रहेपनी सानो दृश्यको यति ठुलो रकम खर्चेको खबरसँगै फिल्मको चर्चा चुलिएको बताईएको छ ।

फिल्ममा प्रभास र श्रद्धा बाहेक ज्याकी श्रफ, निल नीतिन मुकेश, मन्दीरा बेदी, चंकी पाण्डे, महेश मान्ज्रेकर, अरुण विजय, मुरली शर्मा लगायतका स्टारहरु रहेका छने ।

सुजिथ रेड्डीले निर्देशन गरेको उक्त फिल्म बजेट ३ अर्ब भारु रहेको छ । फिल्म आगामी अगस्ट १५ मा रिलिज हुने बताईएको छ ।

 

ताजा खबर