सलमानको भिडियो भाइरल

२०७६ असार ३१ मंगलबार ११:१०:०० मा प्रकाशित

एजेन्सी । पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको ‘बोतल क्याप च्यालेन्ज’ मा बलिउड स्टार सलमान खान पनि सामेल भएका छन् । उनले यसमा आफ्नो ‘ट्वीस्ट’ मिसाएसँगै उनको यो शैली सामाजिक संजालमा चर्चित बनिरहेको छ ।

केहि हप्ताअघि देखि सुरु भएको ‘बोतल क्याप च्यालेन्ज’ मा सबैले बोतलको बिर्को खोल्ने नौलो शैलीको प्रयोग गर्दै सामाजिक संजालमा राख्ने होडबाजी चलिरहेको छ । हलिउडका विभिन्न सेलिब्रेटीका साथ बलिउडका अक्षय कुमार, टाइगर श्रफ, सिद्धार्थ मल्होत्रा र परिनीति चोपडा लगायतकाले यस च्यालेन्चमा सहभागिता जनाइसकेका छन् ।

सलमानले पनि यसमा सहभागि भएपनी आफ्नो शैली मिसाएका छन् । इन्स्टाग्राममा शेयर गरिएको भिडियोमा उनको रोचक शैली देखिएको छ । उनी जिममा रहेको बेला लगभग खोलिइसकेको अवस्थामा राखेको बोतलको बिर्को आफ्नो सिक्स प्याक देखाउँदै ‘फू’ गर्दै खोलेका छन् । लगत्तै उनले खुलेको बोतको पानी उनले सबै पिएका छन् ।

उक्त भिडियोमा उनले ‘नथकाउ, पानी बचाउ’ भन्दै लेखेका छन् । उनको यो रोचक शैली अहिले भाइरल बनेको छ । अहिलेसम्म उनको यो भिडियो ५४ लाख पटक हेरिइसकेको छ ।

ताजा खबर