को को हुन जासुसी भूमिकाका बलिउड स्टार ?

२०७४ भदौ १६ शुक्रबार १४:१७:०० मा प्रकाशित

काठमाडौं । कुनै पनि देशका जासूसलाई त्यस देशका लागि ज्यान लिन र दिन तयार देशभक्त योद्धा मानिन्छ । आफ्नो ज्यानको पर्वाह नगरी दुश्मनको योजनालाई असफल गरिदिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यस्ता योद्धाका विषयमा कैयौँ चलचित्र समेत निर्माण हुने गर्छन् । यस्तै जासूसको विषयवस्तुमा बनेका बलिउड चलचित्रले राम्रो चर्चासँगै मनग्गे व्यापार पनि गरेका छन् । 

मद्रास क्याफे 

सुजीत सरकारको मद्रास क्याफे भारतीय खुफिया संयन्त्र रअका जासूसका बारेमा बनेको उत्कृष्ट चलचित्र मानिन्छ । यो चलचित्रमा भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा लिट्टेको भूमिकालाई देखाउन खोजिएको छ । भारतीय नायक जोन अब्राहमको फिल्मी करिअरमा यसलाई सबैभन्दा राम्रो चलचित्र भनिन्छ । चलचित्रमा हरेक विषयलाई मिहिन ढंगले प्रस्तुत गरिएको छ । चलचित्रको कथा वास्तविक घटनासँग मिल्दोजुल्दो छ ।

डी डे 

यो चलचित्रको निर्देशन निखिल आडवानीले गरेका थिए । इरफान खानले यसमा रअको विशेष एजेन्टको भूमिका निभाएका छन् । जसले पाकिस्तानमा डी कम्पनीका हरेक कदमलाई निगरानीमा राख्छन् । यो चलचित्रको चर्चा निक्कै भएपनि सफल भने हुन सकेन ।

आँखे 

धर्मेन्द्रलाई लिएर रामानन्द सागरले ठूलो बजेटको चलचित्र आँखे बनाएका थिए । यसमा जासूसीलाई मुख्य रुपले देखाइएको छ । राम्रो विदेशी लोकेशन, उत्कृष्ट स्क्रिप्टका कारण यो चलचित्र सुपरहिट भएको थियो । विषय वस्तुका कारण पनि चलचित्रलाई निकै धेरै प्रशंसा मिलेको थियो ।

एक था टाइगर 

एक था टाइगरलाई रवीन्द्र कालियाको जीवनबाट प्रेरित चलचित्रका रुपमा चिनिन्छ । यस चलचित्रमा सलमान खानले रअको अन्डर कभर एजेन्टका रुपमा एनआरआई वैज्ञानिकको गतिविधिलाई निगरानी गरिहरेका हुन्छन् । यसबाट उनले के पत्ता लगाउछन् भने ती वैज्ञानिकका केअरटेकरले उनकै जस्तै काम पाकिस्तानका लागि गर्छन् । कबीर खानले निर्देशन गरेको यो चलचित्र ब्लाकबस्टर बनेको थियो ।

द ग्रेट ग्याम्बलर

यूरोपमा सुटिङ गरिएको यो चलचित्रमा अमिताभ बच्चनले अन्डर कभर कपको भूमिका निभाएका छन् । जसले बदमासबाट त्यस्तै कन्फिडेन्शियल डकुमेन्ट प्राप्त गर्ने कोशिश गर्छन्, जसका कारण देशको सुरक्षा खतरा हुन्छ । यो चलचित्रले बक्स अफिसमा औसत व्यापार गरेको थियो ।

जानी मेरा नाम

विजय आन्दले निर्देशन गरेको यो चलचित्रलाई क्लासिक मानिन्छ । देव आनन्दले यसमा अन्डरकभर सीआइडी एजेन्टको भूमिका निभाएका छन् । उनले प्रेमनाथले गरिरहेका अवैध गतिविधिमाथि निगरानी राख्छन् । बक्स अफिसमा यो चलचित्र ब्लकबस्टर हुन सफल भएको थियो ।

बेबी

एक्सन स्पाइ थ्रिलर यो चलचित्रमा रअको काम गर्ने शैलीलाई निर्देशक नीरज पाण्डे चलचित्रको माध्यमबाट देखाउन खोजेका छन् ।  सेक्रेट एजेन्टसको एउटा टीमम बेबी नामबाट बनाईन्छ । जसले ती आतंकवादीको अन्त्य गर्छन, जसले भारतमा आक्रमणको योजना बनाइरहेका हुन्छन् । अक्षय कुमारले यसमा अन्डर कभर एजेन्ट अजय सिंह राजपूतको भूमिका निभाएका छन् । चलचित्रको निकै चर्चा र प्रशंसा भएपनि अपेक्षा अनुसार व्यापार गर्न भने सकेन ।

सुरक्षा

मिथुन चक्रवर्ती अभिनित चलचित्र सुरक्षा अहिले बी ग्रेड जस्तै लाग्नसक्छ तर त्यतिबेला कम बजेटमा राम्रो चलचित्र बनाउन खोजिएको थियो । चलचित्रमा एजेन्ट गनमास्टर जी–९ बनेका मिथुनले धमाका मच्चाएका थिए ।

फर्ज 

जीतेन्द्रलाई जङ्गपिङ्ग ज्याक यही चलचित्र पछि नै भन्न लागिएको हो । रविकांत नगाइचले निर्देशन गरेको चलचित्रमा जेन्द्रले सेक्रेट एजेन्ट ११६ को भूमिका निभाएका थिए । उनले आफ्नो साथीको मृत्युको कारण पत्ता लगाउँछन् । चलचित्रले राम्रैमहिला चर्चा कमाएको थियो । जितेन्द्रलाई यो चलचित्रले मजबुत बनाउन भूमिका खेलेको थियो ।

नाम शबाना

यो चलचित्रलाई महिला सेक्रेट एजेन्टमाथि बनाईएको पहिलो बलिउड चलचित्र मानिन्छ । चलचित्रमा एउटी महिलाले सेक्रेट एजेन्ट बनेर आफ्नो पहिलो मिशनमै कसरी सफलता हासिल गर्छन् भन्ने देखाउन खोजिएको छ । तापसी पन्नुले यसमा शबानाको भूमिका निर्वाह गरेकी छन् ।

एजेन्ट विनोद

श्रीराम राघवनले सैफ अली खानलाई लिएर एजेन्ट विनोद बनाएका हुन् । यसमा सैफ कोड क्रेक गर्दा गर्दै पाकिस्तान पुग्छन् । चलचित्र स्टाइलिस पनि छ । तर पनि चलचित्रले आफ्नो प्रभाव जमाउन भने सकेन ।

द हिरो–लव स्टोरी अफ ए स्पाई 

अनिल शर्माले निर्देशन गरेको यो चलचित्र त्यो समयको सबैभन्दा महंगो चलचित्र हो । यसमा सनी देओलले एक कवर्ट अपरेशन गर्छन् । कश्मीरी केटी प्रीति जिन्टा, सनीको सहायक बनेर विश्वलाई न्यूक्लियर बम हमलाबाट बचाउन मद्दत गर्छिन् । चलचित्रले औसत व्यापार गरेको थियो । 
फ्यान्टम 

हुसेन दैजीको किताब मुम्बई, एवेन्जर्समा आधारित यो चलचित्रमा सैफ अली खान मुख्य भूमिकामा छन् । चलचित्रमा रअले एजेन्टको माध्यमबाट यस्तो एउटा अपरेशन गर्छ जुन २६÷११ मुम्बई आतंकवादी हमलाका योजनाकार थिए । चलचित्रको विषयवस्तु राम्रो भएपनि प्रस्तुतीकरण भने औसत छ । एजेन्सीहरुको सहयोगमा
 

ताजा खबर