चीनले गर्यो एक्स–रे स्पेस टेलिस्कोप प्रक्षेपण

२०७४ असार २ शुक्रबार १०:५४:०० मा प्रकाशित

बेइजिङ । चीनले आफ्नो पहिलो एक्स रे स्पेस टेलिस्कोप प्रक्षेपण गरेको छ । ब्ल्याक होल, पल्सर तथा गामा रे विस्फोटहरुको अवलोकन गरेको जनाईएको छ ।


बिहीबार बिहान गोबी मरुभूमिस्थित जिक्वान स्योटलाइट लञ्च सेन्टरबाट लङ मार्च –४ बी यान मार्फत सो टेलिस्कोप प्रक्षेपण गरिएको हो ।
२.५ टनको सो ’हार्ड एक्स–रे मोडुलेसन टेलिस्कोप’ ले वैज्ञानिकहरुलाई ब्ल्याक होल, चुम्बकीय क्षेत्र र पल्सरको अध्ययनमा सहयोग गर्ने अपेक्षा गरेका छन्  ।


चीनले यसलाई आफ्नो अन्तरीक्ष कार्यक्रममा अर्को खुड्किलो पार गरेको रुपमा विश्लेषण गरेको छ । चीनले आफ्नो पहिलो कार्गो अन्तरीक्ष यानलाई अन्तरीक्ष अप्रिल महिनामा प्रयोगशालामा राखेको थियो ।


सन् २०२२ सम्ममा चीनले आफ्नै अन्तरीक्ष स्टेसन बनाउने लक्ष्य राखेको छ । एजेन्सी
 

ताजा खबर