गृहिणीले दैनिक यी ५ काम गरेमा दरिद्री नाश हुने पक्का

२०७६ असार २९ आइतबार १२:५३:०० मा प्रकाशित

एजेन्सी । सफल पुरुषको पछाडि महिलाको हात हुन्छ भन्ने भनाइ घाम झैं छर्लङ्ग छ । असल महिला अर्थात् गृहिणीले पुरुषलाई दिने साथले जीवन सफल हुने कुरालाई विश्वभर नै मानिँदै आएको छ ।

महिलाले घरलाई स्वर्ग बनाउन सक्ने क्षमता राख्छन् । यसरी जीवनमा महिलाको विशेष स्थानहुनुको पछाडि ती महिलाले गर्ने शुभ कामहरु पनि रहेको विश्लेषण गरिन्छ । गृहिणीहरु सधैं आफ्नो घरमा शुभ उर्जा आओस् र नकारात्मक उर्जा बाहिरियोस् भन्ने चाहन्छन् ।

यिनै गृहिणीहरुले दैनिक रुपमा गर्न सक्ने सामान्य वास्तुसम्मत कामको यहाँ चर्चा गरिएको छ ।

१. गृहिणीहरुले बिहान उठेर घरको सरसफाई गरेपछी मुल ढोका खोल्दै प्रवेशद्वारलाई नमस्कार गर्न सुझाइन्छ । बिहानै गृहिणीले यसो गर्दा गरिबी र ऋण नाश हुने बताईन्छ ।

२. प्रवशेद्वारमा गृहिणीले बिहान नित्य कर्म गरेपछि बेसार मिसाएको पानी दुईवटा कलशमा राख्नु उपयुक्त हुन्छ । यसले दुख र दरिद्रता आउन नदिने बताईएको छ ।

३. परापूर्वकालदेखि नै बिहान महालक्ष्मी घरको दैलोमा आइपुग्ने विश्वास गरिँदै आएको छ । यस्तोमा बिहान बेसार, कुमकुम, अवीर जस्ता शुभ वस्तुहरु मिसाई हरेक दिन ढोकामा स्वस्तिक बनाउनु उपयुक्त हुन्छ । यसले आर्थिक संकट मोचन हुने बताईएको छ ।

४. घरको मुल ढोकालाई विशेष केहि नभएपनी सजाएर राख्नु उपयुक्त हुन्छ । यस्तो गर्दा घरमा रहेको वास्तु दोषको असर कम हुने बताईन्छ ।

५. घरको मुल ढोकामा आँप, चाँप, पिपल, दुबो र असोक जस्ता बोटहरुको पातहरुको तोरण बनाइ राख्दा पनि घरमा रहेको नकारात्मक उर्जा नाश हुने दाबी गरिएको छ । यस्तो काम गृहिणीहरुबाट हुनु उपयुक्त हुने बताईएको छ ।     

 

ताजा खबर