यी हुन् श्रीमान् भन्दा जेठी बलिउडका ‘सेलिब्रेटी’ श्रीमतीहरु

२०७६ असार २९ आइतबार १२:२९:०० मा प्रकाशित

एजेन्सी । विवाहको लागि सामान्यता वर र वधुको उमेरमा समाजले केही अभ्यास स्थापना गरेको छ । वर भन्दा वधु केहि वर्ष सानो हुँदा ठिक हुने तथा समान उमेर भएमा पनि समस्या नहुने मान्यता रहि आएको छ ।

विशेषगरी सामान्य परिवारहरुमा यो सिद्धान्त लागु भएपनि सेलिब्रेटीहरुको हकमा भने यो कुराले खासै महत्व राख्दैन । कलिउड, बलिउड तथा हलिउडमा जमेका पुरुष स्टार तथा धनाढ्य व्यापारी र गायकहरुले आफुभन्दा निक्कै सानो उमेरको युवतीसँग विवाह गर्ने गरेका छन् ।

नेपालका छवि ओझा, बलिउडका बोनी कपूर, सैफ अली खान, फरहान अख्तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केहि उदाहरण पात्रमात्र हुन् । यसको सूची लामै छ ।

तर केहि नायिका तथा गायिकाहरुले पनि सफलतासँगै पुरुषको यो पदचिन्ह पछ्याइरहेका छन् । गायिका म्याडोना यस काममा अरुभन्दा अग्रपंक्तिमा छिन्, उनले आफुभन्दा निक्कै कान्छा युवकहरुसँग मात्र सम्बन्ध राख्ने गरेकी छिन् । त्यस्तै बलिउड नायिका प्रियंका चोपडाले पनि आफुभन्दा १० वर्ष कान्छा गायक निक जोनससँग विवाह गरेकी छिन् ।

प्रियंकालाई बढि उमेरको युवती भन्दै सामाजिक संजालमा विभिन्न ट्रोलको शिकार बनाइरहेको थाहा भएको छ । तर आफुभन्दा कान्छा श्रीमान् राख्नेहरुको बलिउडमा लामै सूची छ । यस्तै स्टारहरुको यहाँ चर्चा गरिएको छ ।

१. मलाइका अरोरा र अर्जुन कपूर

सलमान खानकी भाइबुहारी मलाइका अरोराले आफ्नो श्रीमान अरबाज खानसँग डिभोर्स गरेयता नायक अर्जुन कपूरसँगको रिलेसनमा रहेको खबर चर्चित छ । यी दुईले हालसम्म विवाह नगरेपनी छिट्टै विवाह गर्ने तयारीमा रहेको बताईन्छ । मलाइका अहिले ४५ वर्षकी भइसकेकी छिन् भने अर्जुन ३४ वर्षका छन् ।

२. सैफ अली खान र अमृता सिंह

हाल सम्बन्ध बिच्छेद भइसकेको जोडी सैफ र अमृता बिच १२ वर्षको फरक थियो । सैफ भर्खर बलिउडमा आउँदा अमृता भने सफल नायिका थिइन् । यी दुईको जोडी पनि असमान उमेरका कारण चर्चित थियो ।

३. उर्मिला मातोंडकर र मोहसिन अख्तर

बलिउड नायिका उर्मिला मातोंडकर आफ्ना श्रीमान् मोहसिन अख्तर मीर भन्दा १० वर्ष जेठी छिन् । उमेरमा ठुलो अन्तर भएपनी यो जोडी राम्रै जमेको बताईन्छ ।

४. फराह खान र शिरीष कुन्दर

निर्देशक तथा कोरियोग्राफर फराह खान पनि आफ्नो श्रीमान शिरीष कुन्दर भन्दा ८ वर्ष जेठी छिन् । खासै सुन्दर नभएपनी सफल निर्देशक फराहको जोडी अहिलेसम्म टिकीरहेको छ ।

५. सोहा अली खान र कुणाल खेमू

सैफकी बहिनी सोहा अली खान पनि आफ्नो श्रीमान् कुणाल खेमूभन्दा ४ वर्ष जेठी छिन् ।

६. आदित्य पंचौली र जरीना वाहब

फिल्म निर्माता तथा नायक आदित्य पंचौलीले पनि आफुभन्दा ५ वर्ष जेठी महिला जरीना वाहबसँग विवाह गरेका थिए । उक्त जोडी अहिलेसम्म चलिरहेको छ भने आदित्य सधैं विवादमा फस्ने गरेका छन् र जरीनाले आदित्यको पक्षमा सधैं आवाज उठाउने गरेकी छिन् ।

७. ऐश्वर्य राय र अभिषेक बच्चन

विश्व सुन्दरीको उपाधि जितिसकेकी बलिउडकी सफल नायिका ऐश्वर्य राय पनि आफ्नो श्रीमान् अभिषेक बच्चन भन्दा २ वर्ष जेठी छिन् ।

८. विपाशा बसु र करण सिंह ग्रोवर

नायिका विपाशा बसु पनि आफ्नो श्रीमान् करण सिंह ग्रोबर भन्दा ३ वर्ष जेठी छिन् ।

९. शिल्पा शेट्टी र राज कुन्द्रा

नायिका शिल्पा शेट्टी पनि आफ्नो श्रीमान् राज कुन्द्रा भन्दा ३ महिनाले जेठी छिन् । बिचमा यी दुईको सम्बन्धमा केहि समस्या आएपनी अहिले दुबैजना खुशी रहेको बताईन्छ ।

१०. ईशा देवल र भरत तख्तानी

धमेन्द्र र हेमा मालिनीकी छोरी ईशा देवल पनि आफ्नो श्रीमान् भरत तख्तानी भन्दा २ वर्ष जेठी छिन् ।

११. विराट कोहली र अनुष्का शर्मा

भारतीय क्रिकेटर विराट कोहली आफ्नी श्रीमती अनुष्का शर्मा भन्दा ६ महिना कान्छा रहेका छन् । ‘पावर कपल’ को रुपमा हेरिने गरेको यो जोडी विवाह पश्चात खुशी र सुखी रहेको बताईन्छ ।
 
 

 

ताजा खबर