दुर्घटनाग्रस्त जहाज रन वेमा ल्याउन उद्दारकर्ता सफल, अब विमानस्थल खुल्ने

२०७६ असार २७ शुक्रबार १९:१३:०० मा प्रकाशित

काठमाडौं, २७ असार । दुर्घटनामा परेको यति एयरलायन्सको जहाज घाँसे मैदानबाट तानेर रनवेसम्म ल्याइएको छ । 

नेपालगञ्जबाट उडेको यतिको एटीआर ७२ जहाज काठमाडौंमा ल्याण्ड गर्ने क्रममा चिप्लीइ रनवेभन्दा पर घाँसे मैदानमा धस्सिएको थियो । 

जहाजको ल्याण्डीङ गियर माटोमा गाडिएको कारण जहाजलाई तान्न हटाउन लामो समय लागेको बताईएको छ । बिहान ११ बजेर ५ मिनेटमा दुर्घटनामा परेको जहाजलाई करिब ८ घण्टाको प्रयासपछि रनवे सम्म ल्याइएको जानकारी प्राप्त भएको छ । बुध्द एयरसँग रहेको आधुनिक ल्याण्डीङ गेयर तान्ने मेसिन ‘ुस्याकल’ को प्रयोग गर्दै जहाजलाई रनवेमा ल्याईउन सफल भएको बताईन्छ ।  

६८ यात्रु र ४ चालकदलका सदस्य रहेको उक्त जहाजमा यात्रुहरु निकालेपछि नै जहाज हटाउन लागिपरेको बताईन्छ । उक्त कार्यमा नेपाल प्रहरी, आर्मी, बुद्ध एयरका कर्मचारी, नेपाल वायुसेवा निगमका कर्मचारी तथा यति एयरलायन्सका कर्मचारी पनि लागेको बर्ताइएकोे छ । 

अब उक्त जहाजलाई पार्किङ स्थलसम्म तानेर ल्याउने र विमानस्थल संचालनमा ल्याउने तयारी गरेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलेले बताएका छन् । अबको करिब आधा घण्टामा विमानस्थल संचालनमा आउने बुझिएको छ । 

यसअघि विमानस्थल पूर्ण रुपमा बन्द हुँदा विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानलाई डाइभर्ट गरिएको थियो । 

ताजा खबर