कसले भेट्ने अक्षयलाई ?

२०७६ असार २७ शुक्रबार १२:४५:०० मा प्रकाशित

एजेन्सी । स्वास्थ्य तथा तन्दुरुस्तीतर्फ विशेष सजग रहेका बलिउड नायक अक्षय कुमार उमेर ढल्केसँगै सफलताको शिखरमा चढ्दै गएका छन् ।

केहिसमय अघि संकटमा परिसकेको उनको करियर अहिले फेरी माथी उठेको बताईन्छ । प्रशस्तै फिल्ममा काम गर्ने तथा थुप्रै विज्ञापनमा देखिने गरेका उनले नयाँ सफलता पाएका छन् ।

हालसालै फोर्बस म्यागजीनले संसारका सबैभन्दा बढि भुक्तानी लिने सेलिब्रेटीको सूची जारी गरेको छ । उक्त सूचीमा पर्ने अक्षय एकमात्र भारतीय नायक बनेका छन् ।

उक्त सूचीको ३३ औं स्थानमा परेका उनले २०१८ को जुन महिना देखि २०१९ महिनाको जुन महिनाको अवधिमा कुल ४ अर्ब ४४ करोड भारु कमाएको उल्लेख गरिएको छ । उक्त सूचीको पहिलो स्थानमा गायिका टेलर स्वीफ्ट रहेकी छिन् ।

उक्त सूचीमा नायक ज्याकी चान, गायिका रिहान, नायिका स्कारलेट जोनसोन पनि अक्षय भन्दा पछि रहेका छन् ।

अक्षयले कमाएको ठुलो रकम फिल्मबाट आएको छ भने बाँकी विभिन्न ब्रान्डसँगको प्रबद्र्धनात्मक कामबाट आएको बताईन्छ । अक्षय अहिले विभिन्न २० ठुला ब्रान्डसँग आबद्ध रहेका छन् ।

५१ वर्ष लागि सकेका यी नायकको पछिल्लो सफलतालाई हेर्दा उनलाई पछ्याउन गाह्रो पर्ने विश्लेषण गरिएको छ ।

 

ताजा खबर