वर्षाको असर विमानस्थलमा पनि, अधिकांश उडान प्रभावित

२०७६ असार २७ शुक्रबार १०:४७:०० मा प्रकाशित

काठमाडौं, २७ असार । लगातारको वर्षाको असर चौतर्फी रुपमा परेको छ । यसको असर विमानस्थलहरुमा पनि देखिएको छ ।

बिहीबारदेखि परिरहेको पानीले काठमाडौंबाट हुने धेरै उडान प्रभावित भएको छ । केहि आन्तरिक उडानहरु रद्द भएका छन् भने अवस्था हेर्दै केहि उडान जारी रहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय उडान पनि समयमा हुन नसकेको बताईएको छ ।

काठमाडौं बाहिरका विमानस्थलहरु तुम्लिङटार, धनगढी, भोजपुर, लुक्ला विमानस्थल पानीको कारण संचालन हुन सकेको छैन । लामिडाँडाँ र फाप्लुमा पनि यस्तै समस्या रहेको बताईन्छ ।

अहिलेसम्म पोखरा, भैरहवा र विराटनगर भने आंशिक रुपमा चलिरहेको छ । उडानको संख्यामा भने कमि रहेको बताईएको छ ।

निरन्तर वर्षा भइरहेपछि निकास राम्रो नभएको स्थान जलमग्न भएको छ भने वर्षा र हावाको कारण जनजीवनमा प्रत्यक्ष असर परिरहेको बताईन्छ ।

तस्विर: अघिल्लो वर्षको फाइल तस्विर

 

ताजा खबर