डेढसय वर्षपछि गुरु पूर्णिमामा चन्द्रग्रहण: कुन राशीलाई कस्तो लाभ ?

२०७६ असार २६ बिहीबार १७:०८:०० मा प्रकाशित

काठमाडौं । यही असार ३१ गते मंगलबार चन्द्र ग्रहण लाग्ने छ । यो चन्द्र ग्रहण नेपाल लगायत दक्षिण एशिया क्षेत्रबाट पनि देख्न सकिने छ । 
यसपटक असार महिनाको पूर्णिमा अर्थात् गुरु पूर्णिमाको रात चन्द्र ग्रहण परेको छ । विज्ञहरुका अनुसार, यो चन्द्र ग्रहण आस्ट्रेलिया, अफ्रीका, एशिया, यूरोप र दक्षिण अमेरिकामा पनि देख्न सकिने छ । ज्योतिषहरुका अनुसार, असार ३१ गते मंगलबारको राती दुइ बजे सुरु हुने ग्रहण साउन १ गते साढे चार बजे सकिने छ ।

यस्तै चन्द्र ग्रहण करिब डेढ सय वर्ष पहिला लागेको थियो, यसपटकको यो चन्द्र ग्रहणलाई दुर्लभ संयोग भनिएको छ ।   १४९ वर्षअघि १२ जुलाई, १८७० मा गुरुपूर्णिमाकै रात चन्द्र ग्रहण लागेको थियो । शनि, केतु र चन्द्रसँगै धनु राशिमा ग्रहण स्थिर रहेको थियो भने सूर्य, राहुको साथ मिथुन राशिमा थियो ।

  राशीलाई ग्रहणको असर:

मेष  

यो राशीको लागि चन्द्र ग्रहणको योग शुभ रहने छ । यो राशी हुने व्यक्तिलाई काममा सफलतासँगै मान-सम्मान पनि प्राप्त हुनेछ भने धन लाभ समेत हुने योग छ । 

वृष  

यो राशी हुने व्यक्तिका लागि चन्द्र ग्रहण कष्टदायी हुने छ । धन हानी हुने सम्भावना भएकाले सावधानी अपनाउन आवश्यक छ । 

मिथुन  

यो राशीका व्यक्तिलाई चन्द्र ग्रहणको समय कष्टदायी रहने छ । सोचेको समयमा काम नहुने, अनावश्यक वाधा आईपर्ने छ । 

कर्कट  

कर्कट राशीको लागि भने यो समय उत्तम रहने देखिन्छ । चिताएको काम चाँडै सम्पन्न हुने छ । आशा अनुरुपको फल पनि प्राप्त हुने छ । 

सिंह

अनावश्यक तनाव बढ्ने छ । वाधा आउनाले कुनै काममा पनि मन जाने छैन । तर केही दिन पछि समय अनुकूल हुने छ ।

 कन्या  

चिन्ता बढ्न सक्ने छ । पेशा व्यवसायमा सहयोग हुने छैन । मन उदास रहने छ । बनिसकेको काम पनि बिग्रने सम्भावना छ ।

 तुला  

यो राशीलाई समय लाभदायक हुने छ । चिताएको काम समय मै पूरा हुने छ । अविवाहित व्यक्तिको विवाहको प्रसंग चल्ने प्रचूर सम्भावना   देखिन्छ । विवाहको प्रस्ताव नै आउन पनि सक्ने छ ।
 
वृश्चिक  

यो राशीका व्यक्तिले चन्द्र ग्रहणको समयमा सावधान रहन आवश्यक छ । सानै असावधानीले पनि ठूलै हानी नोक्सानी हुन सक्ने छ ।

धनु  

सतर्कता अपनाउन आवश्यक छ । नजिकका व्यक्तिबाट धोका हुन पनि सक्छ । पेशा व्यवसायमा नोक्सानी पर्न सक्छ । 

मकर   

यो राशीका व्यक्तिलाई यो समय संघर्षपूर्ण रहने छ । पुराना योजना असफल हुने सम्भावना देखिन्छ । अपरिचित व्यक्तिको भरोसा नगर्नु नै ठीक हुने छ ।

 कुम्भ  

यो राशीका व्यक्तिका लागि समय शुभ हुने छ । भाग्योदय पनि हुनसक्ने छ । चिताएको समयमा योजना सफल भएर काममा आफ्नो वर्चश्व बढ्ने  छ ।

मीन  

यो राशीका व्यक्तिले लामो दूरीको यात्रामा जानुपर्ने छ । तर यात्रामा शुभलाभ नै हुने छ । भविष्यका लागि पनि शुभ खबर सुन्न पाईने छ । मन प्रशन्न रहने छ ।


  सूतकको अवधि

चन्द्र ग्रहणको सूतक अवधि ग्रहण लाग्नु भन्दा ९ घण्टा पहिले सुरु हुने छ ।  सूर्य ग्रहणको सूतक ग्रहण लाग्नु भन्दा  १२ घण्टा पहिला सुरु हुन्छ । यो चन्द्र ग्रहणको सूतक समय अपरान्ह १.३० बजे सुरु हुने छ । 

सूतक भन्दा पहिले पूजा-पाठ

३१ गते मंगलबार गुरु पूर्णिमा परेकाले यसदिन विशेष उत्सव र पूजा पाठ गर्ने चलन नै छ । खासगरी आफ्ना गुरुको सम्मान गर्ने गरिन्छ । चन्द्र ग्रहणको सूतक अवधि सुरु भएपछि कुनैपनि पूजापाठ गरिँदैन ।

ग्रहणको अवधिमा ग्रहरुको स्थिति

शनि र केतु ग्रहणको अवधिमा चन्द्रको साथ धनु राशीमा रहन्छ । यसले ग्रहणको प्रभाव अत्यधिक बढ्ने छ । सूर्यको साथमा राहु र शुक्र रहने छन् । सूर्य र चन्द्र चार विपरित ग्रह शुक्र, शनि, राहु र केतुको घरमा बस्ने छन् । मंगल नीच रहने छ भने यी ग्रहको कारण तनाव बढ्न सक्ने छ । भूकम्पको खतरा पनि हुनसक्ने छ । साथै बाढी पहिरो र प्राकृतिक विपत्तिको पनि सामना गर्नुपर्ने हुनसक्छ – दैनिक भाष्करमा उल्लेख छ ।  

ताजा खबर