यसकारण सामाजिक संजालबाट टाढिदैछन् धर्मेन्द्र

२०७६ असार २६ बिहीबार १३:११:०० मा प्रकाशित

एजेन्सी । बलिउडका महान नायक धर्मेन्द्र सामाजिक संजालबाट टाढिने भएका छन् ।

उमेरको कारण फिल्म उद्योगबाट टाढिएका उनलाई बलिउडमा राम्रो सम्मान दिइने गरेको छ । सामाजिक संजालको कारण फिल्मबाट टाढा भएपनि समर्थकसँग नजिक हुनभने सजिलो भइरहेको थियो ।

यी महान नायक धर्मेन्द्र भने आफ्नो भावुक स्वभावका कारण सामाजिक संजालबाट टाढिने भएका छन् । उनले ट्वीटरमा लेख्दै आफुलाई लगत कमेन्टले दुखी बनाउने हुँदा सामाजिक संजालबाट टाढिन लागेको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, मित्रहरु, सबैलाई माया । मलाई एउटामात्र नकारात्मक कमेन्ट आउँदा दुखी हुन्छु । म भावुक व्यक्ति हुँ, त्यसैले अब म तपाईंहरुलाई समस्यामा पार्दिन । ’

उनको उक्त पोष्टमा थुप्रै कमेन्ट आएको छ । अधिकांशले धर्मेन्द्रसँग माफी मागेका छन् ।

पछिल्लो समय धर्मेन्द्रले आफ्नो दैनिक जीवनको अनेक पक्षलाई सामाजिक संजालमा शेयर गर्ने गरेका छन् । सोही क्रममा केहिले नकारात्मक कमेन्ट गरेपछि उनको चित्त दुखेको बताईन्छ ।

 

 

ताजा खबर