कक्षा १२को परिक्षाफल प्रकाशित, नियमिततर्फ ४२ प्रतिशत उत्तीर्ण

२०७४ भदौ १६ शुक्रबार ०५:५६:०० मा प्रकाशित

भक्तपुर, १६ भदौ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० देखि २२ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ४२ दशमलव ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 
बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कूल एक लाख ९३ हजार १२५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७५८ उत्तीर्ण भएको र ७७ जना निष्काशनमा परेको जानकारी दिए । त्यसैगरी आंशिकतर्फ एक लाख सात हजार ५६९ परीक्षार्थी सहभागी भएकामा ३८ हजार ४४४ अर्थात् ३५ दशमलव ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

परीक्षामा ३८ परीक्षार्थी निष्काशनमा परेको उनले जानकारी दिए । यसअघि कक्षा १२ को विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते सार्वजनिक भएको थियो । रासस 

ताजा खबर