छविविरुद्ध शिल्पाले दिइन उजुरी

२०७६ असार २५ बुधबार ११:५८:०० मा प्रकाशित

काठमाडौं, २५ असार । नायिका शिल्पा पोखरेलले श्रीमान तथा निर्माता छविराज ओझाविरूद्ध प्रहरीमा उजुरी दिएकी छिन् । आफू असुरक्षित भएको भन्दै शिल्पाले छविविरुद्ध केहि दिनअघि  काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसाको उजुरी दिएकी हुन् ।

परिसरकाे अनुसार उनीहरु दुबै जनालाई छलफलकाे लागि बुधबार दिउँसो बोलाइएको छ । केहि वर्षअघि अभिनेत्री रेखा थापासँग छुटिएका ओझाले अभिनेत्री शिल्पासँग विवाह गरेका थिए । पछिल्लाे समय उनीहरूबीचकाे सम्बन्ध बिग्रिएकाे सिने क्षेत्रमा चर्चा चलेकाे छ ।

ताजा खबर