एसईईको नतिजा सार्वजनिक 

२०७४ असार २ शुक्रबार १०:०६:०० मा प्रकाशित

कमल न्यौपाने । 
काठमाडौं, २ असार । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार (आज) प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन् ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १ सय ३६ जना परीक्षार्थी संलग्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । त्यसमा छात्रतर्फ दुइ लाख २१ हजार ६८२ सहभागि थिए भने छात्रा दुइ लाख २३ हजार ८८२ रहेका थिए । त्यस्तै एक्जयाम्टेडतर्फ १६५७२ परिक्षार्थी सहभागी रहेका थिए । जसमा छात्र ६२१९ छात्रा १० हजार ३५३ रहेका थिए । 

रेगुलरतर्फ जिपएि ३ दशमलव ६५ देखि ४ सम्म ल्याउनेमा १२ हजार दुई सय ८४ छन् । त्यस्तै जिपिए ३ दशमलव २५ देखि ३ दशमलव ६० ल्याउनमा ४२ हजार ४२७ रहेका छन् । त्यस्तै जिपिए २ दशमलव ८५ देखि ३ दशमलव २० ल्याउने ५० हजार ६ सय ४६ रहेका छन् । एक्ज्याम्टेडतर्फ कसैले पनि जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याउन सकेनन । 

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन ।

नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।सरकारले शिक्षा ऐनको संशोधन गरी कक्षा ८ सम्मलाई आधारभूत र ९ देखि १२ सम्मलाई माध्यमिक तहका रूपमा पुनर्संरचना गरेपछि कक्षा १० को अन्तिम परीक्षालाई एसइई र १२ को परीक्षालाई एसएलसिई भनेर नामकरण गरेको छ ।

ताजा खबर