त्यो तीनवर्षे वालकले किन आत्महत्या गर्यो !

२०७६ असार २१ शनिबार ०९:५४:०० मा प्रकाशित

हाम्रो देशको शिक्षा प्रणाली विश्वलाई चकित पार्न सक्ने हैसियतमा पुगेको बारेमा केहि दिन अगाडि ९ अङ्क प्राप्त गरेको व्यक्तिलाई जम्मा ६० अङ्क थप गरेर उन्को ईज्जत जोगाई दिएका अरे भन्ने सुनियो । त्यस विषयमा खोजी गरि जानकारी दिलाई दिनेलाई धन्यबादनै दिनु पर्छ । विगतमा यस्ता घटना कति भएका थिए होलान् त्यसको पनि छानविन गरी अङ्क थप गर्ने र घटाउने काममा व्यस्त सापहरुलाई सजाय मिलेमा भविष्यमा यस्तो कार्य केहि मात्रामा रोकिने थियो की जस्तो लाग्छ । 

नजिता प्रकाशनमा हुने बैमानीको नमूना मात्र हेर्दा पनि हाम्रो समाजको गन्तव्य नियाल्नका लागि मद्दत पुग्नेछ । हाम्रोमा विद्यावारिधिको विषय अनुसन्धानमा ढिँडोलाई किन पिठोबाट नै बनाईन्छ भनेर प्रमाणित गर्ने देखि ठूलो र लाम्चो खुसार्नीलाई किन ढिँडे खुर्सानीनै भनिन्छ भनेर पुष्टि गर्नेको कमी छैन । अव सोचौं हाम्रो शिक्षा प्रणाली, नतिजा प्रकाशनमा हुने बैमानी, कहिं कतै उपयोगी नहुने अनुसन्धानका शीर्षक आदि हेर्दा हामीलाई सकारात्मक दिशामा अगाडि बढ्न गाह्रो देखिन्छ । हामी कता जाँदै छौं ? 

३ कक्षा अध्ययन गर्दै गरेको बालक परिवारलाई चिट्ठी लेखेर आत्महत्या गर्छ, ८ पढ्दै गरेको बालक त्यहि गर्छ, एसइईमा सोचेको अङ्क नआएको भन्दै हरेक वर्ष २ देखि ३ जनाले आत्महत्या गर्छन् । यदि परिवारका सदस्यले चिनेका व्यक्ति नतिजा प्रकाशन गर्ने स्थानमा भएको भए सायद आत्महत्या गर्न वाध्य पारिने थिएनन् होला । हाम्रो देशमा अध्ययन गर्ने अधिकांशको लक्ष भनेको अध्ययन गर्ने नाममा विदेश जाने केहि धन आर्जन गर्ने र मिलेसम्म उतै वसोबास गर्ने गरेका छन् । 

नेपाल शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१८मा ६०हजार हाराहारी विद्यार्थी अध्ययनको नाममा बाहिर गएको देखिन्छ र त्यसमा आधा संख्या अष्ट्रेलिया गएको देखिन्छ । हामी विगत देखिनै विदेशमा काम गर्ने मानिस उत्पादन गर्ने कारखाना जस्तो भएका छौं, त्यसैगरी अध्ययन गर्न पठाउने कारखाना पनि दिनहुँ फस्टाएको देखिन्छ । हरेक वर्ष यहि कारखाना विकासका लागि टेवा पुग्ने काममा मात्र ध्यान दिने । हामी कताको जाँदै हो ?
 

ताजा खबर