अभिनेत्री भाग्यश्रीका श्रीमान् पक्राउ

२०७६ असार १९ बिहीबार ०९:३३:०० मा प्रकाशित

मुम्बई, १९ असार । जुवा अखडा सञ्चालन गरेको आरोपमा बलिउड अभिनेत्री भाग्यश्रीका श्रीमान् हिमालय दासानीलाई प्रहरीले पक्राउ गरेको छ । मुम्बईको लोखण्डवाला इलाकामा जुवाको अड्डा संचालित गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

मंगलबार अदालतले उनलाई जमानत दिएको छ । प्रहरीले ११ जूनमा एक फ्ल्याटबाट २१ जुवाडेलाई पक्राउ गरेको थियो । छापामारीको क्रममा फ्ल्याटबाट एउटा डायरी पनि भेटिएको जनाएको छ । यसमा जुवा अड्डाका मालिकको रुपमा दासानीको नाम लेखिएको थियो । त्यहाँबाट ७.५ लाख भारु नगद पनि बरामद गरिएको थियो । 

ताजा खबर