प्रचण्डले यसरी गलाएछन् ओलीलाई

२०७६ असार १७ मंगलबार १०:४४:०० मा प्रकाशित

प्रचण्डले …. गलाएछन ओलीलाई पनि ! 

 *****
५. ४. प्रणव मुखर्जीले बैशाख ८ को राजाको घोषणालाई अस्विकार गर्ने श्याम शरणको प्रस्तावलाई स्वीकार गरेर र सो अनुरूप गराउने आदेश   दिए I सडक पनि त्यसरी नै संयोजन गारियो I

*****
५. ५. स्मरणीय छ आजको युगमा कुनै मुलुकको भ्रमणमा गएका प्रधानमन्त्रीसँग सो मुलुकको विदेश सचिवले कुरा गर्न कुनै समस्या रहन्न,
तर श्याम शरण, सोनिया गान्धी र प्रणव मुखर्जीहरूको लवी तुलनात्मकरुपमा राजाप्रति नरम दृष्टिकोण राख्ने तर नेपालमा प्रजातन्त्र भने स्थापित हुनुपर्दछ भन्ने मनमोहन सिंह र कर्ण सिंहको नीतिलाई नेपालमा असफल बनाउन प्रतिवद्ध थिए I

*****
५. ६. अनि बैशाख ११ को सम्बोधनमा राजनीतिक दलहरूको मार्गचित्र बमोजिम राज्य संचालन हुने अर्को राज घोषणा भयो I 
त्यसपछि क्रमश: नेपाल आजको स्थितिमा आइपुग्यो I

*****
५. ७. यो कुरो स्वयम् श्याम शरणको पुस्तक “हाउ इन्डिया सीज दी वर्ल्ड “ पढ्दा स्पष्ट हुन्छ !

नरेन्द्र मोदीलाई शुरुमा जनकपुर र लुम्बिनी जानमा अनेकौं बखेडा झिक्ने वाम दलहरूले राष्ट्रपति प्रणव मुखर्जीलाई नेहोरा गरीगरी त्यस्तो भ्रमण गराएको सन्दर्भ पनि यहाँ स्मरणीय छ I 
स्पष्ट छ मुखर्जीलाई आफ्ना मानियो र मोदीलाई पराई !
भनिरहनु आवश्यक परोइन मुखर्जी र शरणलाई त्यो स्पेस दिनमा प्रचण्ड नै निर्णायक थिए I

***** 
६ . आज राम्रो भएको छ भने पनि त्यसको अधिकांश जस प्रचन्डलाई जान्छ र नराम्रो भएको छ भने त्यसको अपजसको भागी पनि उनै हुन् !
गएको दुई दशक भन्दा लामो समयदेखि उनी नेपालको राजनीतिको केन्द्रमा छन् , 
निर्णायक हैसियतमा छन्,

*****
७.परिवर्तन सकारात्मक भयो वा नकारात्मक भयो त्यो अर्को कुरा हो ,
हामी कोही सहमत हौंला,
कोही असहमत त्यो अर्कै कुरा हो !
तर मुलुकमा कुनै अर्को नेताले र यो हैसियतमा २००७ पछि यति ठूला ठूला परिवर्तनको नेतृत्व गरेका छैनन !

*****
८. तर सात साल देखिका हाम्रा सबै क्रान्ति र आन्दोलनहरुमा नेपाली नेताहरू निमित्त या उभ्यौटो नदेखिएका हुन् र ?

सात सालमा काङ्ग्रेसले क्रान्ति गर्यो तर सम्झौता नेहरूको रोहबरमा राजा त्रिभुवन र मोहन समशेरवीच मात्रै भयो ! 


*****

९. गद्दीबाट हटाइएका जुन राजालाई हामीले "पुनर्स्थापना गरायौं "भन्ने दावी काङ्ग्रेस गर्दछ ती राजा पाँच महिना जति भारतमा रहे तर काङ्ग्रेसका नेताहरूसँग एक पटक पनि राजाको भेट भएन I

काङ्ग्रेस सम्झौताको पक्ष पनि बन्न सकेन - दिल्लीको दवावमा क्रान्ति बिसाउन अनि राजा र राणा वीचको सहमति स्वीकार्न वाध्य भयो ! 
२०१८मा सुवर्णजीले अर्को सशस्त्र विद्रोहको नेतृत्व गर्नु भयो , दिल्लीले रोक भन्यो रोकियो !


*****

१०. २०४६मा राजा वीरेन्द्रले चीनबाट केही अत्याधुनिक हतियार झिकाए I त्यसको जगमा राजा र भारतवीच विश्वासको संकट खडा भयो I


राजिव तथा सोनिया गान्धीको अहं उकासिदै गयो I  राजा र उनीहरूको अहंको टक्कर बढ्दै गयो ! नाकाबन्दी र त्यही नाकाबन्दीको जगमा २०४६को जन आन्दोलन I 
*****

११. जन आन्दोलनको मध्यमा भारतीय विदेश सचिव एस के सिंह सुरक्षा, जलस्रोत, व्यापार -पारवहन सम्वन्धी एकीकृत सन्धिको प्रस्ताव लिएर आए , एक किसिमले नेपालको सुरक्षा,परराष्ट्र नीति र जल स्रोतको उपयोगमा भारतलाई एकाधिकार दिने उक्त सन्धिको मस्यौदालाई स्वीकार भएको भए नाकाबन्दी हट्ने, जन आन्दोलन तुहिने र पंचायत राजाको शासन यथावत रहने अवस्था निश्चित थियो I

----
तर राजा वीरेन्द्रले त्यसलाई स्वीकार गरेनन बदलामा आफ्नो शासनाधिकार परित्याग गर्न , पंचायतलाई समाप्त पार्न , बहुदल व्यवस्थालाई स्थापना गर्न र दल माथिको प्रतिबन्ध हटाउन सहमत भए I 

बहुदलवादी नेताहरू रहेको सरकार बनाए -डेढ बर्षलामो नाकाबन्दी त्यसै हट्यो ! सम्वन्ध पूर्ववत भयो !

जसरी बुझे पनि बुझाए पनि वास्तविक अवस्था यही हो !

*****

१२.२०६२-६३को आन्दोलन त सवैको स्मृतिमा ताजै छ, 
हिजोको पोस्टमा पनि केही समावेश छ I 
धेरै भनिरहनु परेन !

*****
१३. प्रचण्ड निमित्त नै हुन् ,भने पनि त त्यो निमित्त बन्ने चाहना धेरैको थियो तर उनले सबैलाई भ्याए भनेर बुझ्नु पर्यो ! 
उभ्यौटो नै हुन् भने पनि त्यस्तो उभ्यौटो बन्ने धेरै छन् , उभ्यौटो बन्ने रहर गर्ने पनि धेरै छन् , बनिरहेका पनि छन् तर उभ्यौटोहरू मध्ये नं १ उनै हुन् , आखिर एक नम्वर हुन पनि केही विशेष त चाहियो नी I

*****
१४. त्यो विशेष प्रचण्ड बनिरहेका छन् अरूलाई त्यो विशेष बन्ने अवशर प्रचण्ड दिइरहेका छैनन् I 
मेरो भनाई त्यति मात्रै हो !
उनलाई कहाँ निहुरिने, कहाँ तनक्क तन्किने, कहाँ छिर्ने ? कहाँ घुस्ने, कहाँ उफ्रिने र कहाँ झम्टिने त्यो उनलाई अरु सबैलाई भन्दा बढी थाहा छ I 
त्यसैले ले उनी आजको ठाउँमा छन् ! (राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको फेसबूक टिप्पणीको हिजोको पोस्टको बाँकी अंश )

ताजा खबर