यी हुन् दक्षिण भारतीय रजतपटबाट बलिउड छिरेका चर्चित नायिका 

२०७४ भदौ १४ बुधबार १३:११:०० मा प्रकाशित

मुम्बई । बलिउडमा यस्ता कैयौँ नायिका छन्, जसले हिन्दी चलचित्रमा राज गरिरहेका छन् । सामान्यत उनीहरुले बलिउडबाटै करिअर सुरु गरेजस्तै लाग्छ तर वास्तवमा उनीहरुले दक्षिण भारतीय चलचित्रबाट आफ्नो करिअर सुरु गरेका हुन् ।

यिनै नायिका मध्येकी एक हुन् ऐश्वर्या राय बच्चन । सौन्दर्यकी खानी भनेर फुक्र्याईने गरिएकी ऐश्वर्याले सन् १९९७ मा तमिल चलचित्र ‘इरुवर’बाट आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् । मणि रत्नम्ले निर्देशन गरेको यो चलचित्रमा ऐश्वर्याको हिरो थिए रुपमा मोहनलाल । उनी मलयालम चलचित्रको सुपरस्टार हुन् । सन् १९९७ मा नै ऐश्वर्याले हिन्दी चलचित्र ‘और प्यार हो गया’बाट बलिउडमा पाईला राखेकी थिइन् । यो चलचित्रमा बबी देओलले ऐश्वर्याको हिरोको रुपमा काम गरेका थिए । उक्त चलचित्र १५ अगष्टमा रिलीज भएको थियो । ऐश्वर्याले बलिउड चलचित्रमा २० वर्षको यात्रा पूरा गरेकी छन् ।

बलिउड नायिका प्रियंका चोपडा इन्टरनेशनल स्टार बनिसकेकी छन् । तर उनको चलचित्र यात्रा भने दक्षिण भारतीय चलचित्रबाट नै सुरु भएको थियो । सन् २००२ मा उनको पहिलो तमिल चलचित्र ‘थामिजान’ रिलीज भएको थियो । उनको हिरो थिए विजय। उनले सन २००३ मा ‘द हिरो लव स्टोरी अफ ए स्पाई’बाट बलिउड डेब्यू गरेकी थिइन् । उनको हिरोको रोलमा थिए सनी देओल।

श्रृंगार प्रशाधन सामग्रीको विज्ञापनका लागि चर्चित यामी गौमले पनि दक्षिण भारतीय चलचिलबाट करिअर सुरु गरेकी थिइन् । उनले कन्नड चलचित्र ‘उल्लास उत्साह’बाट चलचित्रको यात्रा सुरु गरेकी थिइन् । यस चलचित्रमा उनको को–एक्टर थिए गणेश । २०१२  मा यामीले आयुष्मान खुरानाको साथमा विक्की डोनरबाट बलिउड चलचित्रमा डेब्यू गरेकी हुन् ।

बलिउड नायिका दीपिका पादुकोण हिन्दी चलचित्रबाट हलिउडसम्मको यात्रा तय गरेकी छिन् ।  तर उनको चलचित्रको यात्रा भने कन्नड चलचित्रबाट नै सुरु भएको हो । सन् २००६ मा आएको उक्त चलचित्रको नाम ‘ऐश्वर्या’ थियो । त्यसमा उनका हिरो थिए उपेन्द्र । दीपिकाले सन् २००७ मा शाहरुख खानको चलचित्र ‘ओम शान्ति ओम’बाट बलिउड चलचित्र डेब्यू गरेकी थिइन् ।

कृति सनोनको चलचित्र ‘बरेली की बर्फी’ रिलीज हुँदैछ । उनले हिन्दी चलचित्रमा कृतिले २०१४ मा ‘हिरोपंती’बाट करियर शुरु गरेकी थिइन् । तर त्यसभन्दा पहिले उनले तेलगु चलचित्र ‘वन नेनेक्काडाइन’बाट महेशबाबूको साथमा डेब्यू गरिसकेकी थिइन् ।

एमी ज्याक्सन ब्रिटिश मूलकी नायिका हुन् । उनले आफ्नो करिअर २०१० मा तमिल पिरियड चलचित्र ‘मद्रासपट्टीनम’बाट शुरु गरेकी थिइन् । जसमा उनका हिरो थिए आर्य । २०१२ मा एमीले ‘एक दिवाना था’बाट बलिउड यात्रा शुरु गरेकी थिइन् । गौतम मेना निर्देशित चलचित्रमा उनको अपोजिटमा प्रतीक बब्बर थिए । एमीले पहिलाे हिन्दी चलचित्र ‘फ्रिकी अली’मा अभिनय गरेकी थिइन्, जसलाई सोहेल खानले निर्देशन गरेका थिए । 
बलिउड चलचित्रमा तब्बूको नाम उत्कृष्ट अभिनेत्रीको सूचीमा पर्छ । तर उनले आफ्नो करिअर १९९१ को तेलगु चलचित्र ‘कुली नम्बर वान’ बाट सुरु गरेकी थिइन् । उक्त चलचित्रमा उनको अपोजिटमा थिए वेंकटेश । तब्बूले १९९४ मा ‘पहला पहला प्यार’बाट ऋषि कपूरको साथमा बलिउड चलचित्रमा डेब्यू गरेकी थिइन् ।

इलियाना डिक्रुजले रणबीर कपूरसँग ‘बर्फी’बाट बलिउडमा डेब्यू गरेकी थिइन् । हिन्दी चलचित्र शुरु गर्नुभन्दा पहिले उनले एक दर्जन भन्दा बढी तमिल र तेलगु चलचित्रमा काम गरेकी थिइन् । बर्फीबाट मिलेको शानदार शुरुवातको नतिजा उनले त्यसपछि साउथ चलचित्र गर्नु परेन् । बलिउडले उनलाई साउथ फर्किन दिएको छैन । उनी ‘बादशाह’मा अजय देवगनको लिडिङ लेडीको रोलमा आउँदै छिन् ।

बलिउड नायिका बन्नुभन्दा पहिले तापसी पन्नु तमिल, तेलगु र मलयालम भाषाका करिब १० चलचित्र गरिसकेकी छिन् । तापसीले डेविड धवनको ‘चश्मे बद्दुर’बाट बलिउड चलचित्रको यात्रा शुरु गरेकी हुन् । उनले बलिउडमा आफ्नो पहिचान बनाइसकेकी छन् । गत वर्ष पिंकका लागि प्रशंसा बटुलेकी उनी  अब वरुण धवनसँग जुड्वा–२ मा देखिँदै छन् । त्यस्तै अनुभव सिन्हाको चलचित्र ‘मुल्क’मा तापसीले ऋषि कपूरकी छोरीको भूमिका निर्वाह गर्दैछिन् ।

श्रीदेवीले पनि साउथ चलचित्रमा बाल कलाकारबाट करिअर शुरु गरेकी थिइन् । बलिउड चलचित्र ‘सोलवां सावन’ (१९७९) बाट डेब्यू गर्नुभन्दा पहिले उनले तमिल, तेलगु र कन्नड चलचित्रमा काम गरिसकेकी थिइन् । बलिउडमा पनि उनले राम्रै चर्चा कमाउन सफल भइन् । उनको चलचित्र ‘माँम’ हालै रिलीज भएको छ । यो उनको जीवनको ३०० आंै चलचित्र हो ।

जया प्रदाले बलिउड चलचित्रमा आफ्नो करिअर १९७९ मा सरगमबाट शुरु गरेकी थिइन् । यसभन्दा पहिले उनले १६ तेलगु र तमिल चलचित्र गरिसकेकी थिइन् । सौन्दर्य र कलाकारिताको माध्यमबाट उनी बलिउडमा पनि निकै चर्चा कमाउन सफल भइन् ।

बलिउड चलचित्रमा सुन्दरताको रंग भर्ने रेखाले कन्नड चलचित्रबाट आफ्नो करिअर सुरु गरेकी थिइन् । ‘अपरेशन ज्याकपट नल्ली सीआइडी ९९९’ नाम गरेको यो चलचित्र १९६९ मा रिलीज भएको थियो । उनले हिन्दी चलचित्रमा ‘सावन भादोँ’ बाट सन् १९७० मा डेब्यु गरेकी थिइन् ।

वैजयन्तीमाला यस्ती नायिका हुन्, जसले साउथ सिनेमामा नाम कमाउनुका साथै बलिउड चलचित्रमा पनि निकै चर्चा कमाउन सफल भइन् । १९५१ को चलचित्र ‘बहार’बाट हिन्दी चलचित्रमा डेब्यू गरेकी उनले साउथमा पनि कैयाँै चलचित्र गरेकी थिइन् । फायल फोटो/एजेन्सीको सहयोगमा
 

ताजा खबर