प्रचण्डसँग कसले सक्ने ? गलाएछन् ओलीलाई पनि !

१. पाँच दिन अघि मात्रै अर्थात गएको जुन २६मा मैले एउटा टिप्पणी पोस्ट गरेको थिएँ - "प्रचण्ड जोसँग मिल्छन त्यसलाई सखाप पारेरै छोड्छन्, नमिल्नेलाई त झन् ... ज्ञानेन्द्र, गिरिजा, शेरबहादुर ... पछि उनको नयाँ सिकार ओली ?" भनेर !
२. हिजो जुन ३०मा अखबारहरूले देहायका शीर्षकहरूमा समाचार लेखे , प्रशारण गरे - "नेकपा जनताको जनवाद मै सहमत" ! "नेकपाले छाड्यो जनताको बहुदलीय जनवाद”!
काङ्ग्रेसलाई वीपी विचारबाट अलग गराउन सक्ने,
गिरिजाप्रसाद, शेरबहादुर , रामचन्द्रहरूलाई च्याम्पटी घुमाए झैं घुमाउन सक्ने बहादुरले यौटै दल भइसकेका पूर्व एमालेलाई मदन भण्डारीको विचारबाट अलग गर्नु त ख्याल-ख्याल भैगयो नी !
*****
तर ओली यति चाँडै गलिहाल्लान जस्तो चाँही लागेको थिएन I
स्पष्ट भयो,माओवादी एमालेमा मिसिएको होइन रहेछ -एमाले नै पो ----- !
*****
३. त्यति मात्रै नभएर आफ्नो मुलुकमा माओवादी देख्ने बित्तिकै गोली हान्ने भारत सरकारलाई नेपाल र भारतले समेत आतंकवादी घोषित गरेको प्रचण्ड -बाबुराम कम्पनीलाई भारतसरकारबाट रातो कार्पेट सहितको सुरक्षा र सहयोग प्रदान गराउन समर्थ वीर पो हुन् त प्रचण्ड !
*****
४. आतंकवाद विरुद्ध कठोर राष्ट्रिय नीति मात्र अवलम्वन नगरेर त्यसलाई आफ्नो विदेश नीतिको मूल अजेण्डा बनाइरहेको भारतलाई आफैंले समेत आतंकवादी घोषणा गरेको पार्टी र त्यसका नेताहरूसँग त्यस्तो राजनीतिक व्यवहार प्राप्त गराउन सक्नेले ओली र उनको मण्डलीलाई लटपट्याउनुलाई के ठूलो कुरो थियो र !
५. प्रणव मुखर्जी , श्याम शरण, सोनिया गान्धी, श्याम शरण र प्रचण्ड सन्दर्भ
५. १ . त्यति मात्र होइन, २०६२-६३को आन्दोलनको क्रममा राजा र दलहरू वीच सम्झौता गराउन तत्कालिन भारतीय प्रधानमन्त्री मनमोहन सिंहका विश्वास पात्र कर्ण सिंह र तत्कालीन विदेश सचिव श्याम शरण नेपाल आएका थिए
नेपाल आउनु अघि उनीहरूलाई प्रधानमन्त्री सिंहले राजा र दलहरूवीच दुवै पक्षले आफू पराजित भएको अनुभव नगर्ने गरी भारतको दुई खम्वे नीति अनुसार सम्झौता गराउने म्यान्डेट दिएका थिए I
*****
५. २ . कर्ण सिंह र श्याम शरण नेपाल आए, ऊता मनमोहन सिंह पश्चिम एसियाको भ्रमणमा गए I धेरै अघिदेखि नै भारत सरकारको क्रिश्चियन लबीलाई प्रतिनिधित्व गर्ने र प्रचण्ड -बाबुरामहरूका संरक्षक रहेका श्यामशरणले प्रचण्ड -बाबुराम, गिरिजा प्रसाद, माधव नेपाल , कृष्ण सिटौला लगायतका नेपालका नेताहरूसँग राजालाई कुनै पनि स्पेस नदिनमा प्रतिवद्ध बनाए र बैशाख ८ को राजाको घोषणालाई अस्वीकार गर्न उक्साएका थिए I
****
५. ३. नेपालका नेताहरू सहमत भएपछि मनमोहन सिंह मुलुक बाहिर भएको निहुँमा कार्यबाहक प्रधानमन्त्री प्रणव मुखर्जी र श्याम शरणवीच टेलिफोन वार्ता भयो, दुवै जना दलहरू र माओवादीको शर्तमा सम्झौता गराउनमा सहमत भए I
(राजनीतिक विश्लेषक केशबप्रसाद भट्टराईको फेसबूक टिप्पणी)