एसइई नतिजा सार्वजनिक गर्न बोर्ड बैठक 

२०७४ असार २ शुक्रबार ०९:२४:०० मा प्रकाशित

काठमाडौं, २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार(आज) अबको केहीबेरमै सार्वजनिक गर्दैछ ।  परीक्षा सार्वजनिक गर्न अहिले  बोर्ड बैठक बसिरहेको छ । बैठक सकिए लगत्तै नतिजा सार्वजनिक गरिने  परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए । 

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को यो पहिलो नतिजा हुनेछ । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।

ताजा खबर