चाणक्य भन्छन्– ‘कवि र महिलासँग बचेर हिँड्नु’ 

२०७६ असार १३ शुक्रबार १६:१०:०० मा प्रकाशित

 इतिहासमा आचार्य चाणक्यको विवेक र चतुर्याँईंको सधैं चर्चा हुने गर्छ । उनको यो क्षमता समय बित्दै जाँदा पनि कहिल्यै असान्दर्भिक भएको छैन । आचार्य चाणक्यले आफ्नो अनुभव, ज्ञान र वुध्दिको कौशलले जीवनमा सफलता प्राप्त गर्ने अनेकौं नीति बनाए । जसको आजसम्म पनि उत्तिकै महत्व रहेको छ । ती नीतिहरु उत्तिकै जीवन उपयोगि र सान्दर्भिक रहेको विद्वानहरु नै स्वीकार्छन् । भनाई नै छ जसले चाणक्य नीतिको सही तरिकाले पालना या अनुशरण गर्दछ,उसले जीवनमा सधैं सफलता नै पाउनेछ । संकटबाट बच्न सक्छ ।


आचार्य चाणक्यले आफ्नो नीतिमा तीन किसिमका व्यक्तिसँग सधैं सतर्क रहन सुझाव दिएका छन् । उनी भन्छन्-


कवयस् किं न पश्यन्ति किं न कुर्वन्ति योषितस्।
मद्यपा किं न जल्पन्ति किं न खादन्ति वायसास्।।

कविसँग सावधान 

हामी सबैलाई यो पुरानो भनाई थाहै छ, ‘जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि’ । अर्थात सूर्यको प्रकाश नपुग्ने स्थानमा पनि कवि पुग्छन् भन्ने पुरानो भनाई हो यो । एउटा विश्वास के छ भने कवि जस्तै कठिन भन्दा कठिन रहस्य पनि सरल तरिकाले आफ्नो कवितामा व्यक्त गर्न सक्छन् । आचार्य चाणक्यको भनाई छ– ‘त्यसैले भुलेर पनि कविसँग कहिल्यै दुश्मनी नगर्नु ।’
 
मदिराप्रेमीसँग पनि सावधान


आचार्य चाणक्यले अर्को सन्देशमा भनेका छन्– रातदिन मदिरामा डुबुल्की मारिरहने व्यक्तिसँग कहिल्यै मित्रता नगाँस्नु । मदिराले लठ्ठ परेका बेला उसले आफ्नो सम्पूर्ण मर्यादा बिर्सेको हुन्छ । अनि उसको मनमा जे जे कुरा उठ्छ त्यो कुनै सोचबिचारै नगरी व्यक्त गरिदिन्छ । त्यसैले यस्ता व्यक्तिसँग सकेसम्म टाढै रहनु वुध्दिमानी हुने छ ।

महिलाको दुस्साहसँग सावधान


आचार्य चाणक्यको भनाई छ, पुरुषको तुलनामा महिला बढि नै दुस्साहसी हुन्छन् । यही दुस्साहसको कारण उनीहरु कहिलेकाहीँ यस्तो पनि काम गरिदिन्छन्, जसका बारेमा पुरुषले सोचेको पनि हुँदैन । जसले गर्दा अकल्पनीय परिणाम आईपर्न सक्छ र नसोचेको कठिनाईको सामना गर्नुपर्ने हुनसक्छ ।  तसर्थ यस्ता प्रवृत्तिका महिलालाई चिनेर सतर्क रहनु वुध्दिमानी हुने छ । 
 
   
 

ताजा खबर