‘दबंग ३’ मा सलमानको पिता बने यी कलाकार

२०७६ असार १३ शुक्रबार १३:२५:०० मा प्रकाशित

एजेन्सी । बलिउड स्टार सलमान खानको हिट फिल्म ‘दबंग’ को तेश्रो सिक्वेलको शुटिङ धमाधम भइरहेको छ ।

फिल्ममा सलमान बाहेक सोनाक्षी सिन्हा पनि रहेकी छिन् । ‘दबंग’ फिल्मबाटै सोनाक्षीले बलिउडमा पाइला हालेकी थिइन् । उनै सोनाक्षीलाई तेश्रो भागमा पनि लिइएको छ । यस फिल्ममा प्रभु देवा पनि देखिने बताइएको छ ।

तर यस फिल्ममा सलमानको पिताको भुमिका निभाएका विनोद खन्नाको निधन भएपछि उक्त भुमिकामा को देखिने भन्ने प्रश्न बारम्बार उठ्ने गरेको थियो ।

सलमान यहि प्रश्नको जवाफ दिँदै सामाजिक संजाल ट्वीटर मार्फत् फिल्ममा आफ्नो पिताको भुमिकामा देखिने व्यक्तिको बारे जानकारी दिएका छन् । रोचक तरिकाले परिचय गराउँदै उनले प्रमोद खन्नालाई आफ्नो फिल्मी पिता भनेका छन् ।

प्रमोद खन्ना वास्तविक जीवनमा विनोदका सहोदर भाइ हुन् । उनै प्रमोदले फिल्म ‘दबंग ३’ मा प्रजापति पाण्डेको भुमिका निभाउने भएका छन् ।

उक्त फिल्म आगामी डिसेम्बर २० मा रिलिज हुने तालिका रहेको छ । फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन् ।

 

ताजा खबर