मानसरोवरबाट फर्केका २ सय भारतीय तिर्थालु हिल्सामा अलपत्र

२०७६ असार १२ बिहीबार ११:१२:०० मा प्रकाशित

काठमाडौं, १२ असार । मानसरोवरमा तिर्थ यात्रा गर्न गएका भारतीय तिर्थालुहरु हिल्सा क्षेत्रमा अलपत्र परेका छन् । यसरी अलपत्र पर्नुमा टुर संचालकहरको दोष रहेको उनीहरुले आरोप लगाएका छन् ।

भगवान शिवजीको बासस्थान मानिएको कैलाश मानसरोवर यात्राको लागि हरेक वर्ष ठुलो संख्यामा भारतीय पर्यटकहरु नेपालगञ्ज, सिमिकोट, हुम्ला हुँदै जाने गरेका छन् । जेठ–असारको सिजनमा अत्याधिक पर्यटक आउने भएकाले टुर अपरेटरहरुले क्षमता भन्दा बढि यात्रु बिना योजना लगेको कारण तिर्थालुहरु अलपत्र परेको दाबी गरिएको छ ।

हिल्साबाट सिमिकोटसम्म हेलिकप्टरमा जानु पर्नेमा खराब मौसमका कारण उडान नभएपछि भारतीय तिर्थालुहरु हिल्सामै बस्नुपरेको टुर संचालकहरु बताइरहेका छन् ।

 

ताजा खबर