अमेरिकी 'टिभी शो' मा श्रुति हसन

२०७६ असार ११ बुधबार १२:५२:०० मा प्रकाशित

एजेन्सी । बलिउडकी चर्चित नायिका श्रुति हसल हलिउडको पर्दामा देखिने भएकी छिन् ।

दक्षिण भारतीय चलचित्रमा लामो समय काम गरेकी श्रुतिले बलिउडका केहि फिल्ममा आफुलाई प्रमाणित गरिसकेकी छिन् । फिल्म ‘लकी’ र ‘रमैयावस्तावैया’ मा राम्रो काम गरेबापत स्याबासी पाएकी श्रुतिले आफ्नो पिता कमल हसनको पदचिन्ह पछ्याइरहेको बताइने गरिएको थियो ।

सुन्दर तथा अब्बल एक्टिङ गर्ने यि नायिका अब अमेरिकी टिभी शो ‘ट्रेडस्टोन’ मा देखिने भएकी छिन् । इन्स्टाग्राम मार्फत् जानकारी दिँदै उनले आफु त्यस शो मा ‘किलर’ को भुमिकामा देखिन लागेको जानकारी दिएकी छिन् ।

उक्त शो मा उनी दिल्ली स्थित एक होटलमा काम गर्ने नीरा पटेलको भुमिकामा देखिने भएकी छिन् । ‘किलर’ रहेकी नीरा, उक्त होटलमा वेट्रेसको आवरणमा लुकेर बसेको देखाइने पनि उनले जानकारी दिएकी छिन् ।

 

ताजा खबर