सलमान खान फसे कानुनी झमेलामा

२०७६ असार ११ बुधबार १२:२५:०० मा प्रकाशित

एजेन्सी । बलिउड स्टार सलमान खान व्यस्त कलाकारको सूचीमा अग्रस्थानमा रहने गरेका छन् । नियमित रुपमा फिल्म खेल्ने देखि टेलिभिजन कार्यक्रममा उत्तिकै व्यस्त रहेका उनी कानूनी पुनः कानुनी झमेलामा फसेका छन् ।

दुई महिनाअघि घटेको घटनाको कारण उनी कानुनी झमेलामा फस्ने भएको बताइन्छ । टेलिभिजनमा कार्यरत पत्रकार अशोक पाण्डेयले सलमान विरुद्ध गालीगलौज, आक्रमण र लुटपाटको आरोप लगाउँदै महानगरीय मजिस्ट्रेट अदालतमा मुद्दा दर्ता गराएका छन् ।

गत अप्रिल २४ गते सलमानको भिडियो खिचेको निहुँमा सलमानले अपशब्द प्रयोग गर्दै, हात हाल्दै मोबाइल खासेको आरोप ति पत्रकारले लगाएका छन् । उक्त दिन सलमान साइकलमा गइरहेको देखेपछि ति पत्रकारले मोबाइलबाट सलमानको भिडियो खिचेका थिए ।

उक्त घटना लगत्तै उनले प्रहरीमा उजुरी दिन गएपनी प्रहरीले उजुरी नलिएको बताइएको छ । कानुनी उपचारको लागि वकिलसँगको परामर्श पश्चात ति पत्रकारले महानगरीय मजिस्ट्रेट अदालतमा मुद्दा दर्ता गराएका छन् । उक्त मुद्दाको पेशी जुलाई १२ को लागि तोकिएको बताइएको छ ।

यसअघि पनि सलमान सडक दुर्घटना गराएर भागेको, कृष्णसार मारेको अभियोगमा अदालत पुगिसकेका छन् ।

 

ताजा खबर