चर्चित जोडी टाइगर श्रफ र दीशा पटानीको ‘ब्रेकअप’

२०७६ असार १० मंगलबार १२:१४:०० मा प्रकाशित

एजेन्सी । बलिउडका चर्चित जोडी दीशा पटानी र टाइगर श्रफको प्रेम सम्बन्ध टुटेको खबर बाहिरिएको छ ।

हालसम्म आधिकारिक रुपमा यि दुईले कहिल्यै सम्बन्धमा रहेको नबताएपनि नियमित रहेको यो जोडी ‘डेटिङ’ मा रमाइरहेको बताइएको थियो । केहि समयअघि नायिका दीशा पटानीले टाइगरसँगको आफ्नो सम्बन्ध साथी भन्दा बढि रहेको बताएकी थिइन् ।

पछिल्लो समय यि दुई बिचको सम्बन्धमा चिसो आएको बताइन्छ । पिंकभिल्लाले श्रोतलाई उद्धृत गर्दै जनाएअनुसार सोही कारण नै यि दुईले सम्बन्धमा पूर्ण विराम लगाएका छन् ।उक्त रिपोर्टको अनुसार यि दुई बिच केहि समययता सम्बन्ध राम्रो हुन सकिरहेको थिएन । टाइगरको तर्फबाट सम्बन्धको लागि प्रतिबद्धतामा कमि आएको भनिएको छ । सोही कारण यि दुईले आपसी समझदारीमै ‘ब्रेकअप’ गरेको उक्त पत्रिकाको दाबी रहेको छ ।

आपसी सहमति भएकाले यि दुईले एक अर्काको उछितो काढ्ने सम्भावना नरहेको बताइन्छ । दीशा र टाइगर केहि दिन अघि मुम्बईमा भएको कार्यक्रममा सँगै देखिएका थिए ।

 

ताजा खबर